बाढीपहिरोका कारण कोशी प्रदेशमा १५ जनाले गुमाए ज्यान !!

सुरेन्द्र खरेल, नीलोपाटी पाँचथर ✍️

बाढि र पहिरोका कारण कोशी प्रदेशमा हालसम्म १५ जनाको मृत्यु भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयमा हालसम्म अद्यावधिक गरिएको तथ्यांकअनुसार पाँचथर र सोलुखुम्बुमा सबैभन्दा बढी पाँच–पाँच जनाको मृत्यु भएको छ ।
यसैगरी धनकुटामा दुई, इलाम र उदयपुरमा एक–एकजनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहालले जानकारी दिए ।
तीन दिनदेखि आएको अविरल वर्षाका कारण बाढी र पहिरोका कारण ठूलो प्राकृतिक क्षतिसमेत भएको छ । उनका अनुसार उदयपर र खोटाङ जोड्ने रसुवास्थित फोक्सिङटारको पुल बाढीले बगाएको छ । यसैगरी पाँचथरको हेवा खोलको बेलिब्रिज बाढीले भत्काएको छ ।
मेची राजमार्गअन्तरगत फिदिम ४ र हिलिहाङ ७ जोड्ने हेवाखोलाको बेलीब्रिज बगाएको हो । फिदिम फालोट सडकखण्ड अन्तर्गत फिदिम १ र फिदिम ११ जोड्ने फेमेखोलाको पक्की पुलसमेत बगाएको छ ।
एसएसपी दाहालका अनुसार पाँचथरको फिदिम नगरपालिका–४ चिसापानीमा पहिरोले घर पुरिएर २४ वर्षीया सपना शेर्पा र उनकी छोरी ६ वर्षीया डोल्मा शेर्पाको मृत्यु भएको छ । फिदिम–१२ घर भएकी सपना फिदिम–४ मा कोठाभाडामा बस्दै आएकी थिइन् ।
यसैगरी फिदिम–१ साङ्लेबोटेमा पहिरोले पुरिएर ५० वर्षीय गोपी विश्वकर्माको मृत्यु भएको दाहालले बताए । उनी राजकुमार नेम्वाङको घरमा कोठाभाडामा बसेर फुरुङ्गा हाइड्रोपावरमा काम गर्दै आएका थिए ।
यसैगरी फिदिम–८ भोटे गाउँँमा पहिरोले पुरिएर ८२ वर्षीय पसेम्बा शेर्पाको मृत्यु भएको छ । आफ्नै घर नजिकको धारामा पानी लिन जाने क्रममा माथिबाट झरेको पहिरोले उनको मृत्यु भएको प्रहरीले जनाएको छ । फिदिम–२ मजिटेमै पहिरोले घर पुरिँदा ३८ वर्षीया रन्जना राईको घटनास्थलमै मत्यु भएको छ ।
यता, धनकुटाको पाख्रीबास नगरपालिका–५ की ५० वर्षीया रामकुमारी तामाङ र ३२ वर्षीया आशा तामाङको पहिरोले पुरिएर मृत्यु भएको छ । पहिरोले घर पुर्दा आमा–छोरीको मृत्यु भएको दाहालले बताए ।
उता, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा उनका छोरी र बुहारीको मृत्यु भएको छ ।
सोही वडाका वडाध्यक्ष होमबहादुर मगरका अनुसार पहिरोमा परेर टेकबहादुरकी ३० वर्षीया छोरी कविता मगर र ४१ वर्षीया बुहारी रुपा मगरको मृत्यु भएको हो । अन्य तीनजनाको पहिचान अद्यावधिक भइरहेको दाहालले बताए ।
यता, उदयपुरको रौतामाई गाउँपालिका १ मा बाढीले बगाएर १५ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । खेतबाट घाँस काटेर फर्किने क्रममा बाढीले बगाएर उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।
यसअघि शुक्रबार इलामको माई नगरपालिका–८ सेता खोलाले बगाएर ६८ वर्षीय मैतबहादुर लिम्बू्को मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाएर घाइते भएका भएका उनको उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको हो ।
‘बाढी र पहिरोमा परेर सबैभन्दा पाँचथरमा चार जना बेपत्ता भएका छन्,’ एसएसपी दाहालले भने, ‘अनपेक्षित रूपमा आएको बाढीका कारण धेरैजसो ठाउँमा पुलहरू पनि बगाएका छन् भने दर्जनौँ परिवार विस्थापित बने
का छन् । नेपाल प्रहरी २४ घण्टा नै उद्धारमा जुटिरहेको छ ।प्रहरीको तथ्यांकअनुसार बेपत्ता हुनेमा फिदिम–१ का ५१ वर्षीय कृष्ण दास, उनकी श्रीमती ४० वर्षीया कमला दास, स्थानीय ५५ वर्षीय धनकुमार तुम्वापो र २१ वर्षीया सरस्वता तुम्वापो रहेका छन् । उनीहरू सबै फुरुङ्गा हाइड्रोपावरमा काम गर्दै आएको प्रहरीले जनाएको छ ।
यसैगरी पाँचथरकै फालेलुङ गाउँपालिका–४ का अविनारायण राईको घर तारे खोलाले बगाउँदा उनकी पत्नी ३६ वर्षीया कमला राई बेपत्ता भएकी छन् ।
यता, झापाको गौरीगञ्ज गाउँपालिका–२ सुकुम्बासी टोलका ५५ वर्षीय केनालाल राजवंशी कृष्णे खोलाले बगाएर बेपत्ता भएका छन् । शुक्रबार कनचकवल गाउँपालिका–१ की १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएर बेपत्ता बनाएको छ ।
यता, कमल गाउँपालिका–१ का ३५ वर्षीय टीकाराम चौधरी माछा मार्ने क्रममा कृष्णे खोलामा डुबेर बेपत्ता भएका छन् । मोरङ रतुवाईमाई नगरपालिका–७ की ७२ वर्षीया डुरोदेवी राजवंशीलाई बिहीबार रतुवा खोलाले बगाएको छ । उनी हालसम्म बेपत्ता छिन् ।
बाढीका कारण पुलहरू भत्किदाँ आवतजावत ठप्प भएको छ भने जनजिवन प्रभाबित बनेको छ।ताप्लेजुङ पाचथर लगायतका क्षेत्रमा खाधान्य पुर्याउन समस्या हुने देखिन्छ। चाडपर्वकै मुखमा यातायात ठप्प हुदा मान्छेहरु बिच बाटोमै अलपत्र छन् ।

  • Related Posts

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    ‘बैशाख एक झापा नाटक घरमा भेट’ भन्ने स्लोगन का साथ नव वर्ष २०८३ को पहिलो दिन क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा झापा नाटक घर बिर्तामोड झापामा एउटा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न…

    निशुल्क एक दिने शिविर संम्पन्न

    अजेन्द्र वाइबा तामाङ चैत २८ पाँचथर फिदिम नगरपालिकाको आयोजनामा तथा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रा.लि., विराटनगरको प्राविधिक सहयोगमा टाउको, नसा तथा मुटुरोग सम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न