बाँदर धपाउन गण्डकी सरकारले कृषि हेरालो नियुक्त गर्ने

किसानहरू बाँदरका कारण खेती थन्क्याउन नपाउने अवस्थामा पुगेका भन्दै ण्डकी प्रदेश सरकारले आगामी वर्ष बाँदर धपाउनका लागि कृषि हेरालो राख्ने भएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख डिल्लीराज भट्टले भने, ‘बाँदरको अतिक्रमणबाट अत्यन्त प्रभावित क्षेत्रमा बालीनालीको संरक्षण गर्न समुदाय, स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा आवश्यकताका आधारमा कृषि हेरालोको व्यवस्था गरिनेछ ।’

यस्तै, सरकारले आगामी वर्ष ग्राभिटी रोप वे सेवा सञ्चालन गर्ने योजना सुनाएको छ । यातायातको सुविधा नपुगेका ग्रामीण क्षेत्रमा कृषि उपज तथा कृषि सामग्रीको ओसार पसार गर्नका लागि सम्भावनायुक्त ठाउँमा यो सेवा सुरु गर्न लागेको हो । बीमा प्रिमियममा सहुलियत र कृषि कर्जामा व्याज अनुदान कार्यक्रमलाई निरन्तरता दिएको छ ।

 

  • Related Posts

    चारआलीबाट नेपाल टेलिकमको केबल चोरी गर्ने दुई युवा पक्राउ

    झापा, झापाको मेचीनगर–१३ चारआली बजारस्थित लक्ष्मी डिपार्टमेन्ट अगाडि रहेको नेपाल टेलिकमको पोलबाट केबल चोरी गर्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार टेलिकमको…

    जेन–जी आन्दोलनपछि देशभर २५० जना पक्राउ, तीन प्रहरीको हत्या प्रकरणमा १२ पक्राउ

    काठमाडौं — भदौ २३ र २४ गते देशभर फैलिएको ‘जेन–जी आन्दोलन’ पछि प्रहरीले हालसम्म करिब २ सय ५० जनालाई पक्राउ गरेको छ। आन्दोलनका क्रममा गोली लागेर १७ जनाको मृत्यु भएपछि…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो