बि एण्ड सिमा बिरामीको सुविधाका लागि स्वास्थ्य बिमा सुचारु

इशुका राई/झपाको बिर्तामोड स्तिथ बि.एण्ड सि मेडिकल कलेज टिचिङ हस्पिटल ऐन्ड रिसर्च सेन्टरले बिपन्न बिरामीको सुबिधाको लागि हेड तथा स्पाइनल इन्जुरी सम्बन्धि स्वास्थ्य विमा सेवा सुचारु गरेको छ। अस्पतालले हेड ऐन्ड इन्जुरीका बिपन्न समुदायका बिरामीहरुलाई उपचारमा रु १ लाख सम्मको सहुलियत छुट प्रदान् गर्न जनाएको हो।

बिपन्न नागरिकको हकमा औषधि उपचार वापत शैलियत प्रदान गर्ने सुचिकृत भएसँगै अस्पतालले नेपाल सरकारसंग समझौता गरेको छ।सो अनुसार अस्पतालमा नेपाल सरकार बिपन्न नागरिक औषधि उपचार कोष अन्तर्गत कडा रोग मध्यका हेड ईन्जुरि, स्पाइनल इन्जुरी उपचार सम्बन्धी सेवा सुचारु भैसकेको अस्पतालका जनसम्पर्क अधिकारि रमेश गिरिले पत्रकार भेटघाटमा जनाएका छन्। दुर्घटनामा परेर अथवा लडेर घाइते भएका बिरामीले यस कार्यक्रम बाट फाइदा पाउने बारे उनले बताएका छन्।

उक्त कार्यक्रम अन्तर्गत नेपाली नागरिकले मात्र सेवा पाउने व्यवस्था रहेको छ।सेवा पाउनको लागि डाक्टरले बिरामीको सुचिकृत गरेर प्रमाण पत्र जारि गरेर आफ्नो स्थानिया तहको स्वास्थ्य शाखा अन्तर्गतको स्वाथ्य शाखा प्रमुख प्रशासकीय अधिकृत स्थानीय तह प्रमुख सम्मिलत समिति हुनेर सो समितिको सिफारिस आवस्यक पर्नेछ। स्थानीय तहको समितिले बिपन्न नागरिक औषधि कार्यक्रमको अन्तगर्त अस्पतालले सिफारिस गरेर पठाइएपछि यसको आधारमा अस्पतालले सेवा दिने अस्पतालका जनसम्पर्क अधिकारिक गिरिको भनाइ छ। गिरिले दुघर्टनामा परेको बिरामिको खन्डमा पहिले उपचार हुने र पछि डकुमेन्ट लेउन सक्ने ब्यवस्थाको बारे बताएका छन्।कोहि पनि बिपन्न नागरिक उपचार बाट बन्चित हुनु नपरोस भनेर यो सेवा सन्चालन गरिएको अस्पतालले जनाएको छ।

  • Related Posts

    पोखरामा पर्यटकसँगै कण्डमको माग बढ्यो, स्वदेशी पर्यटक अग्रस्थानमा

    पोखरा, पर्यटकीय नगरी पोखरामा पछिल्ला केही दिनयता कण्डमको माग अप्रत्याशित रूपमा बढेको छ। शहीद चोकमा फार्मेसी सञ्चालन गर्दै आएका रोहित धिमालका अनुसार, पछिल्लो समय आन्तरिक पर्यटकहरू कण्डम किन्न प्रमुख रूपमा…

    बालबालिकाको मस्तिष्क तथा शारीरिक विकासका लागि न्यूट्रिसन तथा मनोवैज्ञानिक तालिम सम्पन्न !

    राम्रो पोषण नपाएको अवस्थामा साना बालबालिकाहरू उच्च जोखिममा पर्न सक्छन् । खासगरी मस्तिष्क विकासको मुख्य समय भएकोले पूर्व प्राथमिक विद्यालयका बालबालिकाहरूलाई संवेदनशील भई उत्तम आहार तथा आहार चयन सम्बन्धी व्यवहारमा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना