पोखरामा पर्यटकसँगै कण्डमको माग बढ्यो, स्वदेशी पर्यटक अग्रस्थानमा

पोखरा, पर्यटकीय नगरी पोखरामा पछिल्ला केही दिनयता कण्डमको माग अप्रत्याशित रूपमा बढेको छ। शहीद चोकमा फार्मेसी सञ्चालन गर्दै आएका रोहित धिमालका अनुसार, पछिल्लो समय आन्तरिक पर्यटकहरू कण्डम किन्न प्रमुख रूपमा देखिएका छन्।

धिमालले सामान्यतया आफ्नो फार्मेसीमा दैनिक ६-७ वटा कण्डम बिक्री हुने गरेको बताए। तर, पछिल्ला तीन–चार दिनमा यो संख्या ४०-५० वटासम्म पुगेको छ। उनले भने, “पर्यटक त पहिले पनि आउँथे, तर कण्डम किन्ने अधिकांश विदेशी हुन्थे। यस पटक भने स्वदेशी पर्यटकले नै कण्डमको माग बढाएका छन्।”

यस्तै, पृथ्वी चोकमा फार्मेसी सञ्चालन गर्दै आएका विवेक पण्डितले पनि आन्तरिक पर्यटकहरूबाट कण्डम किन्ने प्रवृत्ति बढेको बताएका छन्। पण्डितले भने, “अहिलेसम्म विदेशी पर्यटकहरू त्यति धेरै आएका छैनन्। तर, पछिल्लो दुई–तीन दिनमा मैले जति कण्डम बेचेँ, ती सबै नेपाली ग्राहकहरूले नै किनेका हुन्।”

जाडो मौसमको सुरुवातसँगै पोखरामा आन्तरिक पर्यटकहरूको संख्या बढ्दै गइरहेको छ, जसले कण्डमको मागमा पनि वृद्धि गराएको फार्मेसी सञ्चालकहरूले जनाएका छन्।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु