पाँचथरको फिदिममा श्रम संस्कृती पार्टी द्वारा बृहत् श्रमदान

अजेन्द्र वाईबा तामाङ
भदौ ६, पाँचथर
श्रम संस्कृति पार्टी पाँचथरले फिदिम नगरपालिका वडा नं. १, २ र ४ को संयुक्त आयोजनामा शनिबार श्रमदान कार्यक्रम गरेको छ।
‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने नाराका साथ बृहत श्रमदान भएको कार्यक्रममा करिब २५० जनाको सहभागिता रहेको थियो। सहभागीहरूले फिदिम नगरपालिका–४ को क्याम्पस मोडदेखि गाडी चिसापानी हुँदै फिदिम नगरपालिकाको वेलफेयरसम्म सडकको नाली सफा गर्नुका साथै सडक आसपासको क्षेत्रमा सरसफाइ गरेका थिए।
श्रम संस्कृति पार्टीले पाँचथरमा हरेक शनिबार श्रमदान गर्दै आएको जनाएको छ। श्रमदानमार्फत आफ्नो गाउँ–ठाउँ आफैँ सफा र व्यवस्थित बनाउनुका साथै विकास तथा सरसफाइमा राज्यको खर्चसमेत बचत हुने पार्टीको भनाइ छ।
कार्यक्रममा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य गजेन्द्र राई, जिल्ला अध्यक्ष प्रविन चाम्लिङ, जिल्ला सदस्य होमराज थाम्सुहाङ, जिल्ला सदस्य तथा कानुनी सल्लाहकार तुम्याहाङ नेम्वाङ सहभागी थिए।
त्यस्तै फिदिम नगरपालिका वडा नं. १ का वडा संयोजक राम राना, वडा नं. २ का वडा संयोजक खेमराज तुम्बापो, वडा नं. ४ का संयोजक विष्णु राई, वडा नं. २ का अगुवा श्रमदाता अबि सुब्बा तुम्बापो, फिदिम नगरपालिका–४ का वडा अध्यक्ष उपेन्द्र लावती लगायत अगुवा श्रमदाता र स्थानीयवासीको सहभागिता रहेको थियो।
पार्टीले आगामी शनिबार पनि जिल्लाका विभिन्न ठाउँमा श्रमदानलाई निरन्तरता दिने जनाएको छ।

  • Related Posts

    पाँचथर काङ्ग्रेसको जिल्ला संयोजकमा डेकेन्द्र कुमार तामाङ मनोनीत

    अजेन्द्र वाईबा तामाङ भदौ ३० मंगलबार पाँचथर नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिको पाँचथर जिल्ला संयोजकमा डेकेन्द्र कुमार तामाङ मनोनीत भएका छन्। नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा १५औँ महाधिवेशन तयारी…

    नागरिक सुनुवाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न

    अजेन्द्र वाईबा तामाङ भदौ २९ पाँचथर पाँचथरको मिक्लाजुङ गाउँपालिका–२, सप्तमीस्थित युवा वर्षा माध्यमिक विद्यालयमा नागरिक सुनुवाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरको आयोजना तथा इलाका प्रहरी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    पाँचथर काङ्ग्रेसको जिल्ला संयोजकमा डेकेन्द्र कुमार तामाङ मनोनीत

    पाँचथर काङ्ग्रेसको जिल्ला संयोजकमा डेकेन्द्र कुमार तामाङ मनोनीत