श्री जनता माध्यमिक विद्यालयमा एउटै मितिमा एकै व्याक्तिको दुई नामको बिदा निवेदन, कुन आधारले दर्ता भयो?

राज याक्खा / ताप्लेजुङ्

ताप्लेजुङको जनता माध्यमिक विद्यालयमा एक शिक्षकको बिदासम्बन्धी कागजातले विद्यालयको प्रशासनिक अभिलेखीकरण र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठाएको छ। प्राप्त कागजातअनुसार एउटै मितिमा एउटै शिक्षकका नाममा दुईवटा बिदाका निवेदन भेटिएका छन्। एउटा हातले लेखिएको निवेदनमा शिक्षकको नाम रामप्रसाद लिम्बू उल्लेख छ भने अर्को कम्प्युटरबाट प्रिन्ट गरिएको निवेदनमा रामकुमार लिम्बू नाम उल्लेख गरिएको छ।

झन् रोचक पक्ष निवेदनमै व्यवस्थापन समितिको बैठक बसी बिदाको विषयमा आवश्यक निर्णय गर्ने उल्लेख गरिएको छ। तर व्यवस्थापन समितिको बैठक बसेर कुनैपनि निर्णय नभएको जानकारी प्राप्त भएको छ।

एउटै मितिमा एउटै शिक्षकको नाम नै फरक–फरक उल्लेख भएका निवेदन विद्यालयको अभिलेखमा कसरी पुग्यो? कम्प्युटरबाट तयार गरिएको निवेदन कसले तयार गर्‍यो? शिक्षकको नाम यकिन नगरी आधिकारिक कागजात कसरी दर्ता भयो? र विद्यालय प्रशासनले निवेदन दर्ता तथा स्वीकृत गर्नुअघि कागजातको विवरण जाँच गर्‍यो कि गरेन यी प्रश्न अहिले गम्भीर रूपमा उठेका छन्।

  • Related Posts

    पाँचथर काङ्ग्रेसको जिल्ला संयोजकमा डेकेन्द्र कुमार तामाङ मनोनीत

    अजेन्द्र वाईबा तामाङ भदौ ३० मंगलबार पाँचथर नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिको पाँचथर जिल्ला संयोजकमा डेकेन्द्र कुमार तामाङ मनोनीत भएका छन्। नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा १५औँ महाधिवेशन तयारी…

    नागरिक सुनुवाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न

    अजेन्द्र वाईबा तामाङ भदौ २९ पाँचथर पाँचथरको मिक्लाजुङ गाउँपालिका–२, सप्तमीस्थित युवा वर्षा माध्यमिक विद्यालयमा नागरिक सुनुवाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरको आयोजना तथा इलाका प्रहरी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    पाँचथर काङ्ग्रेसको जिल्ला संयोजकमा डेकेन्द्र कुमार तामाङ मनोनीत

    पाँचथर काङ्ग्रेसको जिल्ला संयोजकमा डेकेन्द्र कुमार तामाङ मनोनीत