सडक सेवाबाट उद्वव प्रसाद अधिकारीको बिदाइ

अजेन्द्र वाईबा तामाङ भदौ ४,इलाम सडक विभागअन्तर्गत विभिन्न योजना तथा कार्यालयमा तीन दशकभन्दा लामो समय सेवा गर्नुभएका उद्वव प्रसाद अधिकारी सडक डिभिजन कार्यालय इलामबाट सेवाबाट बिदा हुनुभएको छ। वि.सं. २०२५ साल भाद्र १ गते खोटाङको डुम्रे धारापानीमा जन्मिनुभएका अधिकारीले वि.सं. २०४४ सालदेखि ल्याब टेक्निसियनका रूपमा सेवा सुरु गरी वि.सं. २०५३ साल मंसिर २० गतेदेखि निजामती सेवामा प्रवेश गर्नुभएको थियो। लामो सेवाकालमा उहाँले सिमेन्ट, बालुवा, गिटी, ढुंगा, माटोलगायत निर्माण सामग्रीको प्रयोगशाला परीक्षणदेखि निर्माणस्थलको धुलो, हिलो, घामपानीमा खटिँदै सडकको गुणस्तर कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याउनुभयो। सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराई तथा सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा अधिकारीलाई सम्मानसहित बिदाइ गरिएको हो। कार्यक्रममा उहाँको लामो, समर्पित र जिम्मेवार सेवाको प्रशंसा गर्दै आगामी जीवन सुखमय रहोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो।

  • Related Posts

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    तामाङ भाषा शिक्षा सम्बन्धि प्रादेशिक उद्घाटन कार्यक्रम सम्पन्न

    अजेन्द्र वाईबा तामाङ असाेज २८,सिन्धुपाल्चोक काठमाडौँ विश्वविद्यालयको आयोजना तथा नेपाल तामाङ घेदुङ र गोले तामाङ वंश उत्थान समाजको सहआयोजनामा सिन्धुपाल्चोक जिल्लाको थाङ्पाल पाँचपोखरी गाउँपालिका–५, पाँचपोखरीमा असोज २६, २७ र २८…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित