सडक सेवाबाट उद्वव प्रसाद अधिकारीको बिदाइ

अजेन्द्र वाईबा तामाङ भदौ ४,इलाम सडक विभागअन्तर्गत विभिन्न योजना तथा कार्यालयमा तीन दशकभन्दा लामो समय सेवा गर्नुभएका उद्वव प्रसाद अधिकारी सडक डिभिजन कार्यालय इलामबाट सेवाबाट बिदा हुनुभएको छ। वि.सं. २०२५ साल भाद्र १ गते खोटाङको डुम्रे धारापानीमा जन्मिनुभएका अधिकारीले वि.सं. २०४४ सालदेखि ल्याब टेक्निसियनका रूपमा सेवा सुरु गरी वि.सं. २०५३ साल मंसिर २० गतेदेखि निजामती सेवामा प्रवेश गर्नुभएको थियो। लामो सेवाकालमा उहाँले सिमेन्ट, बालुवा, गिटी, ढुंगा, माटोलगायत निर्माण सामग्रीको प्रयोगशाला परीक्षणदेखि निर्माणस्थलको धुलो, हिलो, घामपानीमा खटिँदै सडकको गुणस्तर कायम गर्न महत्वपूर्ण योगदान पुर्याउनुभयो। सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराई तथा सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा अधिकारीलाई सम्मानसहित बिदाइ गरिएको हो। कार्यक्रममा उहाँको लामो, समर्पित र जिम्मेवार सेवाको प्रशंसा गर्दै आगामी जीवन सुखमय रहोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो।

  • Related Posts

    पाँचथर काङ्ग्रेसको जिल्ला संयोजकमा डेकेन्द्र कुमार तामाङ मनोनीत

    अजेन्द्र वाईबा तामाङ भदौ ३० मंगलबार पाँचथर नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिको पाँचथर जिल्ला संयोजकमा डेकेन्द्र कुमार तामाङ मनोनीत भएका छन्। नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा १५औँ महाधिवेशन तयारी…

    नागरिक सुनुवाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न

    अजेन्द्र वाईबा तामाङ भदौ २९ पाँचथर पाँचथरको मिक्लाजुङ गाउँपालिका–२, सप्तमीस्थित युवा वर्षा माध्यमिक विद्यालयमा नागरिक सुनुवाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरको आयोजना तथा इलाका प्रहरी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    पाँचथर काङ्ग्रेसको जिल्ला संयोजकमा डेकेन्द्र कुमार तामाङ मनोनीत

    पाँचथर काङ्ग्रेसको जिल्ला संयोजकमा डेकेन्द्र कुमार तामाङ मनोनीत