फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

अजेन्द्र वाईबा तामाङ
साउन ११ ,फिदिम
पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद् पाँचथरको संयोजनमा सञ्चालन भएको गोष्ठी साउन ११ र १२ गतेसम्म चल्नेछ।
गोष्ठीको उद्घाटन नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सागर केरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा फोनिज कोशी प्रदेशका अध्यक्ष विजय बोध लावती, आईपीएचआरडीका अभियन्ता प्रेम घिसिङ, अधिवक्ता भिम राई, किरात राई यायोक्खा जिल्ला कार्य समिति पाँचथरका अध्यक्ष गणेश साम्पाङ राई लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन किरात राई यायोक्खाका सचिव शान्ति राईले गर्नुभएको थियो।
गोष्ठीको पहिलो दिन आदिवासी समुदायका अधिकार, लाहुर्निप (LAHURNIP) को परिचय तथा आदिवासी अधिकार संरक्षणका विविध विषयमा प्रशिक्षण प्रदान गरिएको छ। दोस्रो दिन सर्वोच्च अदालतका आदेश, स्थानीय तहका आदिवासीसम्बन्धी कानुनी व्यवस्था, व्यापार र मानवअधिकार, स्वतन्त्र, पूर्व तथा सूचित सहमति आदिवासी समुदायका समस्या, चुनौती तथा आगामी रणनीतिका विषयमा अधिवक्ता भिम राई र आईपीएचआरडीका अभियन्ता प्रेम घिसिङले सहजीकरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
गोष्ठीमा पाँचथरका विभिन्न जातजाति तथा समुदायका ३० जना प्रतिनिधिको सहभागिता रहेको छ। सहभागीलाई आदिवासी अधिकार, कानुनी व्यवस्था, नीति तथा व्यवहारिक पक्षबारे जानकारी गराई समुदायस्तरमा अधिकार संरक्षण र पैरवीलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ।
दुईदिने गोष्ठी साउन १२ गते समापन हुने आयोजकले जनाएको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट