पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

अजेन्द्र वाईबा तामाङ
साउन ९ ,पाँचथर
पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार, छिमेकी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागितामा बेठी सम्पन्न भएको हो।
बिहानैदेखि चापागाईँको घरमा चहलपहल बढेको थियो। महिलाहरू कोही खाना पकाउने, कोही फलाहार तयार गर्ने, कोही दोपहर (पुवा) बनाउने तथा कोही दुना–टपरी गाँस्ने काममा व्यस्त थिए। यसैबीच नौमती बाजा बजाउँदै बाजागाजाको टोली घरमा आइपुगेपछि उनीहरूको स्वागत र भोजन गराइएको थियो।
भोजनपछि करिब १०० जनाको टोली बेँसीतर्फ प्रस्थान गरेको थियो। अघिअघि नौमती बाजा गुञ्जिरहेको थियो भने पछिपछि स्थानीयहरू गीत गाउँदै र नाच्दै अघि बढेका थिए। करिब एक घण्टाको पैदल यात्रापछि टोली फिदिम–५ को मताने बेँसी पुगेको थियो।
खेतमा पुगेपछि चार हल गोरु जोतेर रोपाइँको तयारी गरिएको थियो। ब्याडेहरूले धानको बीउ काढ्ने, बाउसेहरूले हिलो आली गर्ने तथा रोपाहारहरूले फ्याउरी र दाँते लगाउँदै धान रोप्ने कार्य गरेका थिए। रोपाइँका क्रममा सहभागीहरूले एकअर्कालाई हिलो छ्यापाछ्याप गर्दै रमाइलो गरेका थिए, जसले बेठीको रौनक अझ बढाएको थियो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो। सहभागीहरूले बेठी नेपाली समाजको सामूहिक श्रम, आपसी सहयोग, एकता र मौलिक संस्कृतिको जीवन्त उदाहरण भएको उल्लेख गर्दै यस्ता परम्पराको संरक्षण र पुस्तान्तरण आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
स्थानीयका अनुसार आधुनिक कृषि प्रविधिको विस्तारसँगै गाउँघरमा बेठी प्रथा हराउँदै गए पनि पाँचथरका केही स्थानमा अझै सामूहिक रूपमा यसलाई निरन्तरता दिइँदै आएको छ। यस वर्षको बेठीले परम्परागत कृषि संस्कृतिप्रति नयाँ पुस्ताको आकर्षण बढाउनुका साथै सामाजिक सद्भाव र सहकार्यलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ थियो।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट