थर्पु–च्याङथापु सडक सञ्चालन

सुरेन्द्र खरेल/पाँचथर
मध्यपहाडी लोकमार्ग अन्तर्गत थर्पु–च्याङथापु सडक खण्डमा जेठ ८ गते राति आएको अविरल वर्षापछिको बाढीले ओयाम खोला, रिजाल भीर, फलाम खोला र दोभाने लगायतका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो।

करिब ७ दिनपछि स्थानीयवासी, प्रहरी प्रशासनको सहयोगमा रोशन निर्माण सेवा प्रा.लि.ले थर्पु–दारिम्बादेखि दोभानेसम्म सडक सञ्चालनमा ल्याएको रोशन निर्माण सेवाका साइट इन्चार्ज सुमन काफ्लेले जानकारी दिनुभएको छ।

२०८३ जेठ ८ गते राति आएको बाढीले मध्यपहाडी लोकमार्ग अन्तर्गत थर्पु–च्याङथापु सडक खण्डमा ठूलो क्षति पुर्‍याएको थियो।

याङवरक–२ दोभाने क्षेत्रमा पुल नहुँदा आवतजावतमा अझै समस्या हुने देखिएको छ। दोभाने खोलामा डाइभर्सन निर्माण गरी छिट्टै यातायात सहज बनाउन आवश्यक देखिन्छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट