नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राई श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारीमा

अजेन्द्र वाईबा तामाङ
जेष्ठ २१,पाँचथर
नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राईले नेपाली कांग्रेस परित्याग गर्दै श्रम संस्कृति पार्टीमा आबद्ध हुने तयारी गरेका छन्।
नेपाली कांग्रेसको १४औँ जिल्ला अधिवेशनबाट सह–सचिव पदमा निर्वाचित राईले लामो समयसम्म कांग्रेस राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका थिए। पार्टीभित्रको आफ्नो राजनीतिक यात्रालाई अन्त्य गर्दै उनले नयाँ राजनीतिक विकल्पका रूपमा श्रम संस्कृति पार्टी रोजेको स्रोतले जनाएको छ।
राईले कांग्रेसबाट अलग हुने निर्णयसँगै श्रम संस्कृति पार्टीमार्फत आफ्नो राजनीतिक अभियानलाई अगाडि बढाउने तयारी गरेको बताइएको छ। उनलाई जेठ–२३ गते उनकै गाउँ जेभालेमा श्रमशक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टी प्रवेश गराउँदै छन् । उक्त कार्यक्रमलाई वृहत् बनाउने गरी तयारी भइरहेको उक्त पार्टीले जानकारी दिएको छ ।
उनी निकट स्रोतका अनुसार श्रम, संस्कृति, सामाजिक न्याय र सुशासनका मुद्दालाई केन्द्रमा राखेर नयाँ राजनीतिक यात्रा सुरु गर्न लागेका हुन्।
उनको पार्टी परिवर्तनको निर्णयले पाँचथरको राजनीतिक वृत्तमा चर्चा पैदा गरेको छ। कांग्रेसका जिल्ला तहका प्रभावशाली नेतामध्येका एक मानिने राईको बहिर्गमनले स्थानीय राजनीतिक समीकरणमा समेत प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।
यद्यपि, राईले आफ्नो औपचारिक प्रवेशको मिति र आगामी भूमिकाबारे विस्तृत जानकारी सार्वजनिक गरेका छैनन्। श्रम संस्कृति पार्टीमा उनको प्रवेशबारे आवश्यक प्रक्रिया पूरा भएपछि औपचारिक घोषणा हुने अपेक्षा गरिएको छ।
स्थानीय राजनीतिक वृत्तमा राईको यो कदमलाई आगामी राजनीतिक समीकरण र संगठन विस्तारका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट