प्रधानमन्त्रीको अभिव्यक्तिप्रति वाइसिएल पाँचथरको आपत्ति

अजेन्द्र वाईबा तामाङ
जेष्ठ २०,पाँचथर
नेकपा निकट युवा संगठन वाइसिएल नेपाल पाँचथरले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राजीनामाको माग गरेको छ।
प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा “भारतले नेपालको सिमाना मात्र होइन, नेपालले पनि भारतको सिमाना मिचेको छ” भन्ने अभिव्यक्ति दिएको भन्दै वाइसिएलले उक्त भनाइलाई राष्ट्रहितविपरीत र आपत्तिजनक भएको जनाएको छ।
सोही विषयमा वाइसिएल नेपाल, पाँचथरले बुधबार प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालमार्फत ज्ञापनपत्र बुझाएको हो। संगठनले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता तथा नेपाली जनताको भावनामाथि चोट पुगेको दाबी गरेको छ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा वाइसिएलका केन्द्रीय सचिव विक्रम संखर, केन्द्रीय सदस्य,वाईसीएल जिल्ला सचिव ग्याजाे शेर्पा तथा पाँचथर इन्चार्ज सागर नेम्वाङ, जिल्ला कार्यवाहक अध्यक्ष रामु त्रिखत्रीलगायतका नेताहरूको उपस्थिति रहेको थियो।
वाइसिएलले ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तत्काल सच्याउन तथा नेपाली जनतासँग सार्वजनिक रूपमा क्षमायाचना गर्न माग गरेको छ। संगठनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना नगरे पदबाट राजीनामा दिनुपर्ने समेत जनाएको छ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहालले उक्त माग सम्बन्धित निकायसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट