लागूऔषध लिन काठमाण्डौदेखि काँकडभिट्टा

लागूऔषध ओसारपसार गर्नका लागि काठमाण्डौदेखि काँकडभिट्टा धाउने कारोबारीहरुको संख्या बढ्दै गएको छ ।

 

पानीटंकीबाट लागूऔषध किनेर काठमाण्डौलगायत देशका विभिन्न शहरहरुमा यहाँका कारोबारीहरुले आपूर्ति गर्दै आएका छन् भने काठमाण्डौंका कारोबारीहरु आफै पनि लागूऔषधको कारोबार गर्न काँकडभिट्टा आउने गरेका छन् । पूर्वी नाका काँकडभिट्टा लागूऔषध ओसारपसारको लागि देशकै मुख्य ट्रान्जिट पोइन्ट बनेको छ । त्योसंगै झापाको भद्रपुर नाका , झापा गाउँपालिकाको लसुना नाका , गौरीगंज नाका पनि लागूऔषध ओसारपसारका लागि सहज मानिन्छ ।

हिजो दिउँसो १.३० बजे लागूऔषध ब्युरो कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर ६ मेचीडाँडामा भारतबाट मेची खोलाको बाटो हुदैँ पैदल नेपालतर्फ आउँदै गरेका काठमाण्डौ शंखरापुर नगरपालिका वडा नं. ८ बस्ने ३२ वर्षीय रोशन कार्कीलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

शंका लागेर चेकजाँच गर्ने क्रममा उनले लगाएको बक्स पेन्टको दाहिनेपट्टिको गोजीमा सेतो रङ्गको प्लाष्टिकको डल्लोभित्र प्लाष्टिकसहित ५३ ८०० मिलिग्राम र प्लाष्टिकबाहेक ४८ ग्राम ६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । कार्कीले प्रयोग गर्ने आइफोन १६ प्रोम्याक्स र ८ हजार नगदसमेत बरामद भएको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

यसअघि जेठ २ गते काठमाण्डौका दुईजना कारोबारी काँकडभिट्टामा लागूऔषधसहित पक्राउ परेका थिए ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु