लागूऔषध लिन काठमाण्डौदेखि काँकडभिट्टा

लागूऔषध ओसारपसार गर्नका लागि काठमाण्डौदेखि काँकडभिट्टा धाउने कारोबारीहरुको संख्या बढ्दै गएको छ ।

 

पानीटंकीबाट लागूऔषध किनेर काठमाण्डौलगायत देशका विभिन्न शहरहरुमा यहाँका कारोबारीहरुले आपूर्ति गर्दै आएका छन् भने काठमाण्डौंका कारोबारीहरु आफै पनि लागूऔषधको कारोबार गर्न काँकडभिट्टा आउने गरेका छन् । पूर्वी नाका काँकडभिट्टा लागूऔषध ओसारपसारको लागि देशकै मुख्य ट्रान्जिट पोइन्ट बनेको छ । त्योसंगै झापाको भद्रपुर नाका , झापा गाउँपालिकाको लसुना नाका , गौरीगंज नाका पनि लागूऔषध ओसारपसारका लागि सहज मानिन्छ ।

हिजो दिउँसो १.३० बजे लागूऔषध ब्युरो कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर ६ मेचीडाँडामा भारतबाट मेची खोलाको बाटो हुदैँ पैदल नेपालतर्फ आउँदै गरेका काठमाण्डौ शंखरापुर नगरपालिका वडा नं. ८ बस्ने ३२ वर्षीय रोशन कार्कीलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

शंका लागेर चेकजाँच गर्ने क्रममा उनले लगाएको बक्स पेन्टको दाहिनेपट्टिको गोजीमा सेतो रङ्गको प्लाष्टिकको डल्लोभित्र प्लाष्टिकसहित ५३ ८०० मिलिग्राम र प्लाष्टिकबाहेक ४८ ग्राम ६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । कार्कीले प्रयोग गर्ने आइफोन १६ प्रोम्याक्स र ८ हजार नगदसमेत बरामद भएको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ ।

यसअघि जेठ २ गते काठमाण्डौका दुईजना कारोबारी काँकडभिट्टामा लागूऔषधसहित पक्राउ परेका थिए ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट