‘ग्याङ्ग’ बनाएर आतङ्क मच्चाउने २५ जना युवा पक्राउ, २१ वटा मोटरसाइकल बरामद

‘किङ अफ बालान’, ‘किङ अफ भगवानपुर’, ‘किङ अफ लहान’ र ‘किलर्स ब्रदर’ जस्ता विभिन्न ग्रुप तथा ग्याङ्गहरूको नाममा सामाजिक शान्ति भङ्ग गर्न खोज्ने २५ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।

ती ग्रुपहरूको नाममा टिकटक, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा युवाहरूको समूह बनाई विभिन्न किसिमका गालीगलौज र धम्कीयुक्त भिडियोहरू पोस्ट गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यस्ता समूहमा आबद्ध युवाहरूले ट्राफिक नियमको पूर्ण उल्लङ्घन गरी बिना हेल्मेट, कागजपत्र साथमा नराखी तथा बिना नम्बर प्लेटको प्रत्येक मोटरसाइकलमा तीन/चार जना सवार भएर राजमार्गमा हो-हल्ला गर्ने गरेका थिए । यसरी सामाजिक शान्ति भङ्ग गरी समाजमा आतङ्क मच्चाइरहेको अवस्थामा सिरहा–चोहर्वा सडक खण्डमा प्रहरीको नियमित चेकजाँचका क्रममा उनीहरू फेला परेका हुन् ।

पक्राउ पर्नेहरूमा सप्तरीको बलान बिहुल गाउँपालिकाका १२ जना, सिरहाको लहान नगरपालिकाका २ जना, विष्णुपुर गाउँपालिकाका ६ जना र भगवानपुर गाउँपालिकाका ५ जना गरी जम्मा २५ जना युवाहरू रहेका छन् । प्रहरीले उनीहरूको साथबाट २१ थान मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका सबै युवाहरूलाई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु