बिरामी कर खारेज र स्वास्थ्य बिमालाई व्यवस्थित गर्न चिकित्सक संघको माग

चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्स संघ (एनएमए)ले सरकारले बिरामीको उपचारमा लगाएको अतिरिक्त कर खारेजीको माग गरेको छ । चितवनस्थित क्यान्सर अस्पतालको सभाहलमा आयोजित पाँचौँ राष्ट्रिय स्वास्थ्य सम्मेलनको दोस्रो दिन आइतबार संघका नवनिर्वाचित अध्यक्ष डा. बन्द्री रिजालले बिरामीलाई भार पर्ने गरी तीन प्रतिशत अतिरिक्त कर उठाउने व्यवस्था खारेज गर्न माग गरे ।

आर्थिक वर्ष ०८३/८४ को बजेटमा ‘स्वास्थ्य समता शुल्क’अन्तर्गत तीन प्रतिशत कर लिने उल्लेख छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी स्वास्थ्य संस्था सञ्चालन गर्ने व्यक्तिले बिरामीबाट असुल गर्ने सबै प्रकारका सेवा शुल्कमा तीन प्रतिशतका दरले स्वास्थ्य समता शुल्क असुलउपर गरिने बताएका थिए । तर, स्वास्थ्य सेवा लिन जाँदा सरकारले नै कर असुल्ने विषय अशोभनीय भएको भन्दै चिकित्सकहरूको छाता संस्थाले विरोध गरेको हो ।

अस्पतालमा उपचारका लागि छटपटाउँदै आएका बिरामीलाई थप शुल्क लिँदा गम्भीर रोगका बिरामी र विपन्न तथा असहाय वर्गका बिरामीलाई कठिन हुने चिकित्सकहरूको बुझाइ छ । यसअघि केपी ओली प्रधानमन्त्री हुँदा पनि सरकारले निजी अस्पतालबाट उपचार सेवा लिँदा बिरामीबाट पाँच प्रतिशत कर असुल्ने नियम ल्याउँदा चिकित्सक संघले विरोध गरेको थियो । चिकित्सककै विरोधका कारण उक्त नियम खारेज हुन पुग्यो । वर्तमान सरकारले फेरि तीन प्रतिशत लिने घोषणा गरेसँगै स्वास्थ्य क्षेत्र तरंगित बनेको छ ।

‘नेपाल चिकित्सक संघले विगतमा सरकारले पाँच प्रतिशत अतिरिक्त सेवा शुल्क लिन खोज्दा विरोध गरेको थियो, त्यसपछि त्यो खारेज भयो, यसपटक पनि चिकित्सक संघले राज्यले ३ प्रतिशत उपचार कर जोडेकोमा विरोध गर्छ । राज्यले तस्न प्रतिशत कर लगाउँदा बिरामीका लागि निकै ठुलो भार हुन्छ, यो तुरुन्त फिर्ता गर्न आग्रह गर्दछु,’ रिजालले भने, ‘चिकित्सकहरूको मागलाई सम्बोधन गर्नुपर्छ, चिकित्सकीय पेसालाई विशिष्टीकृत रूपमा राख्नुपर्छ, सोहीअनुसारको सेवा–सुविधा राज्यले दिनुपर्छ । चिकित्सकहरूलाई श्रम शोषण गर्न पाइँदैन, तर चिकित्सकको श्रम मूल्यको विषयमा अहिलेको बजेटले नजरअन्दाज गरेको छ ।’

२० अर्बको बक्यौता, बजेटमा १५ अर्ब मात्रै
राज्यले स्वास्थ्य बिमाको बक्यौता २० अर्ब भए पनि बजेटमा १५ अर्ब मात्रै छुट्याएको छ । यसले स्वास्थ्य बिमा झन् विकराल बन्न सक्ने भन्दै कार्कीले सरकारको ध्यानाकर्षण गराए । ‘स्वास्थ्य बिमा सरकारले बिगार्‍यो, तर डाक्टरलाई दोषी देखायो, २० अर्ब बक्यौता छ, तर १५ अर्बको मात्रै आगामी वर्षको बजेट आयो, सेवा स्थानीय सरकार र प्रदेश सरकारले पनि लिएको छ, तर दायित्व कसैले लिन चाहँदैन ।

अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयले समेत दायित्व लिन खोजेको छैन ।’स्वास्थ्यका सवालमा तीन तहका सरकारबिच समन्वय नहुँदा स्वास्थ्य सेवाप्रवाहमै कठिनाइ हुने गरेको छ । एउटै स्वास्थ्यको कार्यक्रम तर तीन तहका सरकारले तीनतिरबाट फरक–फरक ढंगले सञ्चालन गर्दा प्रभावकारी नबनेको बागमती प्रदेश स्वास्थ्य स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले बताइन् । उनले प्रदेश तहको भूमिका स्वास्थ्यकर्मी, स्थानीय तह र संघ सरकारले नबुझ्दा स्वास्थ्यका कार्यक्रम कार्यान्वयनमा समस्या हुने गरेको बताइन् ।

नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण 
नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ कार्यसमितिलाई जिम्मेवारी हस्तान्तरण गरिएको छ । आइतबारदेखि संघको नेतृत्व औपचारिक रूपमा डा. बद्री रिजालले लिएका छन् । नयाँ कार्यसमितिका अन्य पदाधिकारितर्फ वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी, महासचिवमा डा. विश्वराज दवाडी, कोषाध्यक्षमा डा. संयुक्त आचार्य, सहकोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल, सहसचिवमा डा. हुलास अग्रवाल, संघको प्रदेश संयोजकतर्फ कोशी प्रदेशमा डा. रोशन खड्का, मधेश प्रदेशमा डा. अमितरञ्जन मिश्र, बागमतीमा डा. सुवास भट्टराई, गण्डकीमा डा. यज्ञराज सिग्देल, लुम्बिनी प्रदेशमा डा. नन्दाकुमारी गुरुङ, कर्णालीमा डा. रविन खड्का र सुदूरपश्चिममा डा. प्रमोद जोशीलगायत छन् ।

डा. बन्द्री रिजाल, अध्यक्ष, नेपाल चिकित्सक संघ 
नेपाल चिकित्सक संघले विगतमा सरकारले पाँच प्रतिशत अतिरिक्त सेवा शुल्क लिन खोज्दा विरोध गरेको थियो, त्यसपछि त्यो खारेज भयो, यसपटक पनि चिकित्सक संघले राज्यले ३ प्रतिशत उपचार कर जोडेकोमा विरोध गर्छ । राज्यले तस्न प्रतिशत कर लगाउँदा बिरामीका लागि निकै ठुलो भार हुन्छ, यो तुरुन्त फिर्ता गर्न आग्रह गर्दछु ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट