बोरामा फेला परेकी महिलाको पहिचान खुल्यो, रमा तिवारी रहेको पुष्टि

झापाको दमक नगरपालिका वडा नम्बर १० स्थित सेतिमारी पुलमुनि बोराभित्र फेला परेको महिलाको शवको पहिचान खुलेको छ।

मृतक महिला दमक नगरपालिका वडा नं. ८ बसन्त टोल बस्ने २१ वर्षीया रोमा भन्ने रमा तिवारी रहेको पुष्टि भएको छ। हातमा रहेको ट्याटु र हुलियाका आधारमा मृतकका बुबा नारायण तिवारी र आमा मुना तिवारीले इलाका प्रहरी कार्यालय दमकमा पुगेर शवको सनाखत गरेका हुन्। पारिवारिक स्रोतका अनुसार रमा गत जेठ १३ गते राति अन्दाजी ९:३० बजेको समयमा घरबाट आफूखुसी निस्किएकी थिइन् र त्यसपछि घर फर्किएकी थिइनन्।

हत्या गरेर बोरामा प्याक गरी फालिएको अवस्थामा शव भेटिएकाले घटनालाई अत्यन्तै शङ्कास्पद रूपमा हेरिएको छ। घटनाको वास्तविकता पत्ता लगाउन इलाका प्रहरी कार्यालय दमक र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले सुक्ष्म अनुसन्धान गरिरहेको छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट