पहिलो पटक दूरबिन विधिबाट शल्यक्रिया

 खजुरा, चैत १९ गते । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक आन्द्रामा प्वाल परेको रोगको बिरामीको दूरबिन विधिबाट शल्यक्रिया गरिएको छ । भेरी अस्पतालमा पहिलो पटक दूरबिन विधिबाट आन्द्रामा प्वाल परेको रोगका बिरामीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । त्यसै गरी जन्मजात पित्तको नली सुन्निएका बिरामीको पनि पहिलो पटक शरीर चिरेर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रो हेप्याटोबिलेरी तथा ल्याप्रोस्कोपी सर्जन डा. कृष्णमोहन अधिकारीले आन्द्रामा प्वाल परेका बाँकेका ४० वर्षीय शान्तराम केवटको पहिलो पटक दूरबिन विधिबाट शल्यक्रिया गरिएको बताउनुभयो । अस्पतालमा आन्द्रामा प्वाल परेका बिरामीको शरीर चिरेर शल्यक्रिया गरिँदै आएकामा केवटको भने पहिलो पटक दूरबिन विधिबाट शल्यक्रिया गरी उपचार गरिएको उहाँको भनाइ छ ।

जन्मजात पित्तको नली सुन्निएकी घोराही उपमहानगरपालिका–११, गणेशपुर दाङकी ५० वर्षीय मनकुमारी चौधरीको पनि शल्यक्रिया गरिएको छ । चौधरीको भने शरीर चिरेर शल्यक्रिया गरिएको डा. अधिकारीले बताउनुभयो । जन्मेपछि पित्त सुन्निएका बिरामीको शल्यक्रिया गरिँदै आए पनि अस्पतालमा पहिलो पटक जन्मजात पित्तको नली सुन्निएको रोगको बिरामीको शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रो हेप्याटोबिलेरी तथा ल्याप्रोस्कोपी सर्जन डा. कृष्णमोहन अधिकारीको नेतृत्वमा डा. सन्तोष सिर्पाइली, डा. विधान पौडेल र डा. कमर हसन अन्सारीको टोलीले उक्त शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।

  • Related Posts

    आफ्नो छोराको प्रेस पास खोसिए पछि एमालेका उपसचिवले दिए राजिनामा

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधेका कारणले नै संसद सचिवालयको परिचयपत्र खोसिएका ‘सुनौलो नेपाल’का प्रकाश वलीका बुवाले एमालेको गाउँपालिका उपसचिवको पद परित्याग गरेका छन्। एमाले…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना