केजीएफले अब बिर्तामोडमा पाँच रुपैयाँमा खाना खुवाउने

बिर्तामोड, २२ पुस । झापाको बिर्तामोडमा ५ रुपैयाँमा भरपेट खाना खान पाइने भएको छ । बिर्तामोड–५ स्थित सिटी सेन्टर नजिकै विपन्न नागरिकलाई लक्षित गर्दै सामाजिक संस्था केजीएफले ५ रुपैयाँमा भरपेट खाना खुवाउन लागेको हो । ५ रुपैयाँमा सादा खाना खान पाइने छ ।

कोही पनि भौकै नरहुन् भन्ने उद्देश्यले ५ रुपैयाँमा खाना खुवाउन लागिएको अभियानका संयोजक विक्रम सुब्बाले जानकारी दिनुभयो । खानाको स्टलको भोलि झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र बिर्तामोडकी नगरप्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गर्ने उहाँले बताउनुभयो ।

सबैलाई बाँच्ने अधिकार भएको र मानव कल्याणका लागि एक छाक ती गरिव निमुखालाई भन्ने नाराका साथ सोमबारदेखि खाना अभियान सञ्चालन गरिएको हो । अभियानका लागि भोलेन्टियर्सका रुपमा मिसन झापा रहेको छ । इच्छुक महानुभावले खाना खुवाउने अभियानमा स्वतस्फूर्त सहयोग गर्न सक्ने जनाइएको छ ।

मिसन झापाका संयोजक समेत रहेका माधव झाले अभियानका विषयमा प्रकाश पार्दै यो अभियानलाई सफल बनाउन आम नागरिकलाई आग्रह गरेका छन् । संस्कार, संस्कृति, खेलकुद, कृषि पशुपंक्षी मानव सेवालाई निरन्तरता दिँदै आएको केजीएफले सो अभियालाई सबैले सहयोग गरिदिन आग्रह गरेको छ । आयोजक संस्थाले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी अभियानका विषयमा जानकारी दिएको हो ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट