पाँचथरमा प्रहरी कर्मचारीलाई योग प्रशिक्षण

फिदिम-  जिल्ला प्रहरी कार्यालय पाँचथरमा योग विज्ञान शिविर आयोजना गरिएको छ । पतञ्जली योग समिति पाँचथर र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा त्यहाँ कार्यरत प्रहरी कर्मचारीका लागि त्रि-दिवसीय योग विज्ञान शिविर सञ्चालन गरिएको हो ।

पुस २१ गते सुरु भएको शिविर २३ गते सम्पन्न भएको थियो । शिविरमा योग, ध्यान र प्राणायमका व्यवहारिक र सैदान्तिक अभ्यास गराउनका साथै तिनको विधि पद्वती र फाइदाका विषयमा चर्चा गरिएको थियो ।

शिविरमा ४० जना प्रहरी कर्मचारी सहभागी भएको जिल्ला प्रहरी कार्यालय पा“चथरका प्रमूख-अनिषकुमार कर्णले जानकारी दिनुभयो । शिविरमा पतञ्जली योग समिति पाँचथरका अध्यक्ष हरिप्रकाश सुवेदी, केन्द्रीय सदस्य शान्ता गौतम,कोशी प्रदेश सदस्य सिता खतिवडा,जिल्ला उपाध्यक्ष कमल बाँस्कोटा,महामन्त्री खड्ग बोहोरा, जिल्ला सदस्यहरु जयप्रकाश बाँस्कोटा, बेधनीधि लुइटेल, महिला समिति संघठन सचिव मुना स्याङवो महिला पतञ्जली योग समिति कोशी प्रदेश सोसल मिडिया प्रभारी टिका ढुङ्गाना र पतञ्जली योग समिति पाँचथरका सोसल मिडिया प्रभारी लक्ष्मी गौतम लगायतले प्रशिक्षण दिनुभएको थियो ।

सहभागी प्रहरी कर्मचारीले योग विज्ञान शिविर उपलव्धि मुलक भएको प्रतिकृया सहित योग साधनालाई निरन्ततरता दिने प्रतिबद्वता जनाएका छन् । शिविरमा प्रशिक्षण गर्ने संस्था र सहभागी प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालय पा“चथरका प्रहरी नायव उपरिक्षक कर्णले धन्यवाद दिनुभयो ।

  • Related Posts

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    अजेन्द्र वाईबा तामाङ साउन ११ ,फिदिम पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी…

    पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

    अजेन्द्र वाईबा तामाङ साउन ९ ,पाँचथर पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु