अटो पल्टदा ४० वर्षिय चेम्जोङको मृत्यु

झापा, १७ पुस। झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका–१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी– १ लक्ष्मीनारायण मावि नजिक भित्रि पक्की सडक खण्डमा धरमपुर चोकबाट चर्चावारि घरतर्फ जाँदै गरेको प्र १–२–००२ ह ९६९९ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको हो।

दुर्घटनामा परी अटो चालक चेम्जोङको टाउकोमा गम्भीर चोट लागेर उपचारको लागि दमक अस्पताल पठाइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ।

  • Related Posts

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    अजेन्द्र वाईबा तामाङ साउन ११ ,फिदिम पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी…

    पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

    अजेन्द्र वाईबा तामाङ साउन ९ ,पाँचथर पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु