क्यान्सर पीडितको समर्थनमा १८ सय किमि साइकल यात्रा

सुरेन्द्र खरेल, पाँचथर

क्यान्सर रोगबाट प्रभावित बिरामीको उपचार सहयोग र जनचेतना फैलाउने उद्देश्यले साईकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको संयुक्त आयोजनामा ‘क्यान्सर अवेयरनेस एण्ड फन्डरेजिङ कार्यक्रम’ आयोजना हुने भएको छ।

कार्यक्रमअन्तर्गत पूर्वदेखि पश्चिमसम्म १८ सय किलोमिटर लामो साइकल यात्रा सञ्चालन गरिनेछ। ‘Ride to Life’ नाम दिइएको उक्त यात्राको नेतृत्व क्यान्सरबाट निको भइसकेका हर्का लामा र कविता चित्रकारले गर्नेछन्।

साइकल यात्रा कोशी प्रदेशको चिवाभञ्ज्याङ (पूर्वी सिमाना)बाट सुरु भई सुदूरपश्चिम प्रदेशको झुलाघाट (पश्चिमी सिमाना)मा पुगेर सम्पन्न हुनेछ। यात्रामा मध्यपहाडी लोकमार्ग प्रयोग गरिने आयोजकले जनाएको छ।

यात्रा २०८२ पुष १७ गते बिहिबार कोशी प्रदेशको चिवाभञ्ज्याङ (पूर्वी सिमाना) बाट बिहान ८ बजे सुरु हुनेछ।

क्यान्सर रोगबाट निको भइसकेका व्यक्तिहरू स्वयं यात्रामा सहभागी भएर समाजमा आशा, हौसला र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको झापा साइकलिङ क्लबले जनाएको छ। यस अभियानमार्फत संकलित रकम क्यान्सर बिरामीको उपचार सहयोगमा प्रयोग गरिनेछ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट