क्यान्सर पीडितको समर्थनमा १८ सय किमि साइकल यात्रा

सुरेन्द्र खरेल, पाँचथर

क्यान्सर रोगबाट प्रभावित बिरामीको उपचार सहयोग र जनचेतना फैलाउने उद्देश्यले साईकल कल्चर कम्युनिटी र धुलिखेल अस्पतालको संयुक्त आयोजनामा ‘क्यान्सर अवेयरनेस एण्ड फन्डरेजिङ कार्यक्रम’ आयोजना हुने भएको छ।

कार्यक्रमअन्तर्गत पूर्वदेखि पश्चिमसम्म १८ सय किलोमिटर लामो साइकल यात्रा सञ्चालन गरिनेछ। ‘Ride to Life’ नाम दिइएको उक्त यात्राको नेतृत्व क्यान्सरबाट निको भइसकेका हर्का लामा र कविता चित्रकारले गर्नेछन्।

साइकल यात्रा कोशी प्रदेशको चिवाभञ्ज्याङ (पूर्वी सिमाना)बाट सुरु भई सुदूरपश्चिम प्रदेशको झुलाघाट (पश्चिमी सिमाना)मा पुगेर सम्पन्न हुनेछ। यात्रामा मध्यपहाडी लोकमार्ग प्रयोग गरिने आयोजकले जनाएको छ।

यात्रा २०८२ पुष १७ गते बिहिबार कोशी प्रदेशको चिवाभञ्ज्याङ (पूर्वी सिमाना) बाट बिहान ८ बजे सुरु हुनेछ।

क्यान्सर रोगबाट निको भइसकेका व्यक्तिहरू स्वयं यात्रामा सहभागी भएर समाजमा आशा, हौसला र सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको झापा साइकलिङ क्लबले जनाएको छ। यस अभियानमार्फत संकलित रकम क्यान्सर बिरामीको उपचार सहयोगमा प्रयोग गरिनेछ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु