बालेनको स्वर, शब्दमा बनेको गीत ‘आमनेपाली बुवा’ ले युट्युबमा लोभलाग्दो भ्यूज प्राप्त गरेको छ । रिलिजको २४ घण्टामा गीतले १० लाख भ्यूज

काठमाडौं । बालेनको स्वर, शब्दमा बनेको गीत ‘आमनेपाली बुवा’ ले युट्युबमा लोभलाग्दो भ्यूज प्राप्त गरेको छ । रिलिजको २४ घण्टामा गीतले १० लाख भ्यूज पाएको हो ।

उक्त गीत ४ पुसमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ओर्जिनल साउन्ड ट्रयाक (ओएसटी) समेत हो । गीतले भ्यूजसँगै युट्युबमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित कविताको अंश ‘कुन मन्दिरमा जान्छौं यात्री’ को कम्पोजमा बालेनले आफ्नै शब्द र स्वरमा गीत तयार पारेका हुन् । कोरसले गीतलाई मन्त्रमुग्ध तुल्याएको छ ।

रिलिजको २४ घण्टाभित्र सबैभन्दा धेरै हेरिने नेपाली गीतको रेकर्ड चाहिँ दुर्गेश थापा र सिसन बानियाँको सहकार्य रहेको गीत ‘जाने भए जाम माया’ को नाममा छ । यो गीतले रिलिजको २० घण्टाभित्रै १६ लाख ३६ हजार भ्यूज पाएको थियो ।

उक्त गीतले विष्णु माझीको गीत ‘आइन आमा यो तीज’ को २४ घण्टासम्मको कूल भ्यूज १५ लाख पटकलाई उछिनेको थियो । फिल्म ‘छक्कापञ्जा’ श्रृंखलाका केही गीतले पनि २४ घण्टामा ९/१० लाख भ्यूज पाएका थिए ।

फिल्म ‘झरीपछिको इन्द्रेणी’ को कुरा गर्दा यो फिल्म ४ पुसमा प्रदर्शन हुँदैछ ।

  • Related Posts

    बिर्तामोडमा जैतून छायाँ धन्यबाद कार्यक्रम सम्पन्न

    बिर बहादुर तामाङ, झापा । विर्तामोड नगर ईसाई समाज जवान संगतिले जेैतुन छाँया कन्सर्ट सफलताका साथ सम्पन्न भएको भन्दै असोज १४ गते सोमबार एक कार्यक्रमका बिच धन्यवाद कार्यक्रम गरेको छ…

    जैतुन छाँयाकाे आफ्नै मीडिया पार्टनर क्वालिटीयूक्त भएको भन्दै आयोजकले स्थानीय पत्रकारहरुलाई समाचार संकलनमा रोक

    पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा भएको जैतुन छाँया सिजन ३ एपिसाेड २ काे कार्यक्रममा स्थानीय पत्रकारमाथि अपमान भएको छ । आयाेजकबाट यस जैतुन छाँयाकाे आफ्नै मिडिया पाटनर भएको,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न

    क्षितिज नाट्य प्रतिष्ठानको आयोजनामा बिर्तामोडमा भव्य नव वर्ष कार्यक्रम सम्पन्न