बालेनको स्वर, शब्दमा बनेको गीत ‘आमनेपाली बुवा’ ले युट्युबमा लोभलाग्दो भ्यूज प्राप्त गरेको छ । रिलिजको २४ घण्टामा गीतले १० लाख भ्यूज

काठमाडौं । बालेनको स्वर, शब्दमा बनेको गीत ‘आमनेपाली बुवा’ ले युट्युबमा लोभलाग्दो भ्यूज प्राप्त गरेको छ । रिलिजको २४ घण्टामा गीतले १० लाख भ्यूज पाएको हो ।

उक्त गीत ४ पुसमा प्रदर्शन तयारीमा रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ को ओर्जिनल साउन्ड ट्रयाक (ओएसटी) समेत हो । गीतले भ्यूजसँगै युट्युबमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित कविताको अंश ‘कुन मन्दिरमा जान्छौं यात्री’ को कम्पोजमा बालेनले आफ्नै शब्द र स्वरमा गीत तयार पारेका हुन् । कोरसले गीतलाई मन्त्रमुग्ध तुल्याएको छ ।

रिलिजको २४ घण्टाभित्र सबैभन्दा धेरै हेरिने नेपाली गीतको रेकर्ड चाहिँ दुर्गेश थापा र सिसन बानियाँको सहकार्य रहेको गीत ‘जाने भए जाम माया’ को नाममा छ । यो गीतले रिलिजको २० घण्टाभित्रै १६ लाख ३६ हजार भ्यूज पाएको थियो ।

उक्त गीतले विष्णु माझीको गीत ‘आइन आमा यो तीज’ को २४ घण्टासम्मको कूल भ्यूज १५ लाख पटकलाई उछिनेको थियो । फिल्म ‘छक्कापञ्जा’ श्रृंखलाका केही गीतले पनि २४ घण्टामा ९/१० लाख भ्यूज पाएका थिए ।

फिल्म ‘झरीपछिको इन्द्रेणी’ को कुरा गर्दा यो फिल्म ४ पुसमा प्रदर्शन हुँदैछ ।

  • Related Posts

    ईलामका कलाकार मुकेश र करिश्माकाे कसैको हुन सक्दिन भिडियो सर्बजनिक

    निशान निराैला असाेज ५ ईलाम इलामका कलाकार मुकेश गुरुङ र करिश्मा सुनुवारको मुख्य अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘कसैको हुन सक्दिनँ’ सार्वजनिक भएको छ। प्रेमकथामा आधारित यस म्युजिक भिडियोमा पुनम…

    बिर्तामोडमा जैतून छायाँ धन्यबाद कार्यक्रम सम्पन्न

    बिर बहादुर तामाङ, झापा । विर्तामोड नगर ईसाई समाज जवान संगतिले जेैतुन छाँया कन्सर्ट सफलताका साथ सम्पन्न भएको भन्दै असोज १४ गते सोमबार एक कार्यक्रमका बिच धन्यवाद कार्यक्रम गरेको छ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु