ईलामका कलाकार मुकेश र करिश्माकाे कसैको हुन सक्दिन भिडियो सर्बजनिक

निशान निराैला

असाेज ५ ईलाम
इलामका कलाकार मुकेश गुरुङ र करिश्मा सुनुवारको मुख्य अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘कसैको हुन सक्दिनँ’ सार्वजनिक भएको छ।

प्रेमकथामा आधारित यस म्युजिक भिडियोमा पुनम तामाङको स्वर, डी.पी. खनालको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ। भिडियोको निर्देशन हिकस राईले गरेका हुन्।

म्युजिक भिडियोमा मुकेश गुरुङ र करिश्मा सुनुवारले मुख्य भूमिका निर्वाह गरेका छन्। भिडियोको छायांकन सुन्दर तथा मनमोहक स्थानहरूमा गरिएको निर्माण पक्षले जनाएको छ।

प्रेम, भावना र सम्बन्धलाई केन्द्रमा राखिएको भिडियो दर्शकका लागि प्रस्तुत गरिएको हो। निर्माण पक्षले भिडियो हेरेर माया, साथ तथा प्रतिक्रिया दिनुका साथै सामाजिक सञ्जालमार्फत शेयर गरिदिन दर्शकहरूसँग आग्रह गरेको छ।

  • Related Posts

    पाँचथरको फिदिममा देउवा निकट समुहले सम्पर्क कार्यालय खाेल्याे

    अजेन्द्र वाईबा तामाङ असाेज ५ पाँचथर नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पाँचथरमा पार्टीभित्रका विभिन्न समूहका संगठनात्मक गतिविधि तीव्र बनेका छन्। यसैक्रममा देउवा निकट नेपाली कांग्रेस पाँचथर समूहले सदरमुकाम फिदिममा…

    फिदिम नगरपालिका एकमा वडा अधिबेशन सम्पन्न

    अजेन्द्र वाईबा तामाङ असाेज ४,फिदिम पाँचथर नेपाली कांग्रेस पाँचथरको १५औँ अधिवेशनअन्तर्गत फिदिम नगरपालिका–१ वडा कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ। जिल्ला सभापति रूपनारायण जबेगूको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले कृष्णप्रसाद मिश्रको सभापतित्वमा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    ईलामका कलाकार मुकेश र करिश्माकाे कसैको हुन सक्दिन भिडियो सर्बजनिक