कनकाईमा पराल लोड भएको ट्रयाक्टरमा आगलागी

झापा, २८ मंसिर । झापा जिल्लाको कनकाई नगरपालिका–१ नमुना टोलस्थित भित्री सडकखण्डमा आज दिउँसो पराल लोड गरिएको ट्रयाक्टरमा आगलागी भएको छ।

आज दिउँसो १२ः१५ बजे नमुना चोकबाट हाईवे निस्किँदै गरेको मे १ त ४४५५ नम्बरको ट्रयाक्टर बिजुलीको पोलमा रहेको तारमा छोइएपछि आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी तथा स्थानीयबासीको सहयोगमा आगो १२ः३० बजे नियन्त्रणमा लिन सकिएको थियो ।

आगलागीबाट ट्रयाक्टरमा लोड गरिएको पराल पूर्णरूपमा जलेको छ भने ट्रयाक्टरको डाला र चालक बस्ने इन्जिनको भाग आंशिक रूपमा क्षति भएको छ। प्रारम्भिक अनुमानअनुसार करिब रु ६० हजार बराबरको क्षति भएको छ ।

ट्रयाक्टर चालक कनकाई नगरपालिका–७ का ३३ वर्षीय गणेश खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालकसँग आवश्यक कागजपत्र रहेको र मापसे परीक्षणमा नकारात्मक परिणाम आएको प्रहरीले स्पष्ट पारेको छ । यस घटनामा मानविय वा चौपाय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु