सिदिङ्वा, ताप्लेजुङमा विष सेवनबाट एक बालकको मृत्यु, एक बालिकाको उपचार जारी

ताप्लेजुङ्, राज याक्खा

मिति २०८२/०८/२६ गते बेलुका करिब ६:०० बजे, ताप्लेजुङ जिल्ला सिदिङ्वा गाउँपालिका–१ कालीखोला, लोकुम्वा निवासी दुर्गा प्रसाद दाहाल र सिता दाहालका सन्तानहरूले घरमा किरा मार्न प्रयोग गरिने विषादी (पोइजन) सेवन गर्दा अत्यन्तै दुखद घटना घटेको छ। विषादी सेवन गरेपछि ८ वर्षीया विष्णु माया दाहाल र ३ वर्षीय हरि दाहाल गम्भीर अवस्थामा फेला परेका थिए। परिवारजनले तत्कालै उनीहरूलाई स्वास्थ्य चौकी साब्लाखु पुर्‍याई प्राथमिक उपचार गराएका थिए। त्यहाँबाट अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि उनीहरूलाई पाँचथर जिल्ला अस्पताल लाने क्रममा पाँचथरको गोपेटारमा बेलुका करिब ९ बजे समय मा तीन वर्षीय हरि दाहालको बाटोमै मृत्यु भएको थियो। सोही घटनामा गम्भीर घाइते भएकी विष्णु माया दाहालको बी एन्ड सी अस्पतालमको आइसियु मा उपचार भइरहेको र उनको अवस्था चिकित्सकहरूको निरन्तर निगरानीमा रहेको विश्वसनीय स्रोतले जानकारी दिएको छ।

यस हृदयविदारक घटनाले दाहाल परिवार मात्र होइन, सम्पूर्ण सिदिङ्वा गाउँपालिका तथा आसपासका क्षेत्रलाई नै शोकमा डुबाएको छ। साना बालबालिकाले घरमै सजिलै भेटिने विषादी सेवन गर्दा ज्यान गुमाउनुपरेको यो घटना अत्यन्तै पीडादायी र चिन्ताजनक बनेको छ। बालबालिकाहरू स्वभावैले जिज्ञासु हुने र राम्रो–नराम्रो छुट्याउने क्षमतामा अझै परिपक्व नभएकाले उनीहरूले रंगीन बोतल, प्याकेट वा औषधिजन्य वस्तुलाई खानेकुरा ठानेर सेवन गर्ने सम्भावना उच्च रहन्छ। यही कारणले घरमा प्रयोग गरिने किरा मार्ने औषधि, विषादी, रसायन तथा अन्य जोखिमपूर्ण सामग्रीहरू सधैं साना बालबालिकाको पहुँचभन्दा टाढा र सुरक्षित स्थानमा राख्नुपर्ने आवश्यकता यस घटनाले पुनः स्मरण गराएको छ।

सानो लापरवाहीले पनि कति ठूलो क्षति निम्त्याउन सक्छ भन्ने यथार्थ यस घटनाले स्पष्ट रूपमा देखाएको छ। अभिभावक, परिवार तथा समाजका सबै सदस्यहरूले अबदेखि घरभित्र प्रयोग हुने यस्ता विषादी पदार्थहरू ताल्चा लागेको सुरक्षित ठाउँमा राख्ने, प्रयोगपछि तुरुन्तै सुरक्षित स्थानमा थन्क्याउने र बालबालिकालाई यस्ता वस्तुहरूबाट टाढा राख्ने बानीलाई अनिवार्य बनाउनु आजको आवश्यकता हो। बालबालिकाको सुरक्षा अभिभावकको पहिलो दायित्व हो, किनकि आजको सानो असावधानी भोलि कहिल्यै नपुरिने पीडामा परिणत हुन सक्छ। यस दुखद घटनाबाट पाठ सिक्दै यस्ता पीडादायी दुर्घटनाहरू पुनः नदोहोरिन सबै अभिभावक, परिवार र सम्पूर्ण समाजलाई गम्भीर रूपमा सचेत र जिम्मेवार बन्न आग्रह गरिन्छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट