जेनजी आन्दोलनको क्रममा फरार कैदी ताप्लेजुङबाट पक्राउ

ताप्लेजुङ, राज याक्खा

जेनजी आन्दोलनको क्रममा काठमाडौँस्थित सुन्धारामा रहेको जगन्थान देवल कारागार कार्यालयबाट फरार भएका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पक्राउ गर्न सफल भएको छ। फरार कैदी मिक्वाखोला गाउँपालिका–१ का प्रदिप लुङ्वा भन्ने शङ्कर लिम्बूलाई ताप्लेजुङबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा अदालतबाट १० वर्ष कैद सजाय सुनाइएका ३४ वर्षीय लिम्बू उक्त सजाय भुक्तान गरिरहेका बेला जेनजी आन्दोलनको अव्यवस्थाका क्रममा कारागारबाट फरार भएका थिए। लामो समयदेखि फरार रहेका उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक जटाशङ्कर यादवका अनुसार शुक्रबार लिम्बूलाई ताप्लेजुङको फुङलिङ नगरपालिका–५ स्थित बिरेन्द्र चौकबाट पक्राउ गरिएको हो। फरार अभियुक्त लुकिछिपी बसिरहेको अवस्थामा प्रहरी टोलीले घेराबन्दी गरी नियन्त्रणमा लिएको यादवले जानकारी दिनुभयो।

पक्राउपछिको प्रारम्भिक अनुसन्धानमा लिम्बू फरार रहेकै अवस्थामा विभिन्न स्थानमा बसोबास गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। उनलाई नियन्त्रणमा लिएसँगै आवश्यक कानुनी प्रक्रिया पूरा गरी बाँकी सजाय भुक्तान गराउन आजै कारागार कार्यालय ताप्लेजुङमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले फरार अभियुक्त तथा कैदीहरूलाई खोजी गरी कानुनी दायरामा ल्याउने अभियानलाई निरन्तरता दिइने स्पष्ट पारेको छ। यस सफलताले कानून कार्यान्वयनमा प्रहरीको सक्रियता र प्रतिबद्धता झल्काएको स्थानीयवासीको प्रतिक्रिया रहेको छ।

प्रहरी प्रशासनले नागरिकलाई शान्ति, सुरक्षा र न्याय दिलाउन निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गर्दै कुनै पनि अपराधी कानूनबाट उम्किन नसक्ने सन्देश दिएको छ।

  • Related Posts

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    टेक्सास । अमेरिकाको टेक्सास राज्यस्थित फोर्ट वर्थ शहरमा नेपाली स्वाद, संस्कृति र मसिनो मसलाको सुगन्ध फैलाइरहेका छन्, एक उर्जावान नेपाली युवा शेफ निश्चल ढुङ्गाना । सामान्य परिवारबाट उठेर अन्तर्राष्ट्रिय खाद्य…

    “बाटो पनि अधुरो, पानी पनि बन्द — मेहेलेका जनता प्यासै, विद्यालयसमेत संकटमा”

      ताप्लेजुङ २०८३ जेष्ठ १० ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं. ६ मेहेलेमा सडक निर्माणको नाममा भएको लापरवाहीका कारण स्थानीय बासिन्दा मात्रै होइन, विद्यालयसमेत गम्भीर खानेपानी संकटमा परेको छ। मेहेले भञ्ज्याङ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना

    विषेशः अमेरिकामा नेपाली स्वादको पहिचान बनाउँदै शेफ निश्चल ढुङ्गाना