रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार पठाउने

काठमाण्डौ, १  पुस । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगेका छन् । भोलि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ती हात्ती कतार पठाउने तयारी छ ।

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका सात वर्षको रुद्रकली र छ वर्षको खगेन्द्रप्रसाद आज बिहान ४ बजे भैरहवा पुगेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार अहिले ती हात्तीलाई विमानस्थलको छेउमा रहेको खाली जग्गामा राखिएको छ । ती हात्तीलाई हिजो सौराहाबाट बिदाइ गरिएको थियो ।

ती हात्ती राख्नका लागि बनाइएको खोरमा राखी ट्रकमा पठाइएको हो । वन तथा वातावरण मन्त्रालयका सचिव एवम् राष्ट्रिय निकुञ्ज विभागका उच्च अधिकारीले भोलि भैरहवामा नै कतारी दूतावासलाई ती हात्ती हस्तान्तरण गर्नुहुनेछ ।

हस्तान्तरण गरिएपछि कार्गो विमानमार्फत् ती हात्तीलाई कतार पठाइनेछ । रुद्रकली पूजाकली र खगेन्द्र कोशी कलीको बच्चा हो । खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको उहाँले बताउनुभयो । हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देलगायत हात्तीबाट गर्भवती हुने गर्छन् ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी २०७५ सालमा कतार भ्रमणमा गएका बेला नेपालले कतारलाई हात्ती उपहार दिने घोषणा गरेको थियो । सरकारले हात्ती दिने निर्णय गरेपछि सबै प्रक्रिया पूरा गरी पठाउन लागिएको हो ।

यसअघि नेपालले विभिन्न देशलाई एकसिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ । दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन र नेपालको जैविक विविधताको महत्व अन्तरराष्ट्रियस्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँइदै आइएको छ । पहिलोपटक नेपालले हात्ती उपहारस्वरुप अन्य देशमा पठाउन लागेको हो ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु