सवारी दुर्घटनामा इलामका दुई युवाको मृत्यु

 सविता पाण्डे ,

इलाम , मंसिर १३ ।  इलाममा शनिबार भएको सवारी दुर्घटनामा परी  दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी  इलाम नगरपालिका  ९ गोलबस्ती बस्ने  २६ बर्षका   डेविट थापा मगर र  माईजोगमाई गाउँपालिका १ नयाँबजार घर भई इलाम बजार  बस्ने १८ बर्षका  छेवाङ शेर्पाको मृत्यु भएको जिल्ला  प्रहरी कार्यलय इलामका सुचना अधिकारी डिएसपी लक्ष्मी भण्डारीले  जानकारी दिनु भएको छ  । करीब ३ बजे मेचिराजमार्गको इलाम  नगरपालिका ९ भञ्ज्याङ गोलाईमा  झापाबाट इलाम तर्फ आउदै गरेको ट्रक र बिपरित दिशा तर्फ जादै गरेको स्कुटर दुर्घटना भएको थियोे । १-०१-००१ ख ४१०१ न.को ट्रक र  प्रदेश १-०१-०१२ प ४८९९ न.को स्कुटर दुर्घटना हुँदा स्कुटरमा सवार   मगरको पेटमा गम्भिर चोट र   शेर्पाको टाउको र खुट्टामा गम्भिर चोट लागि दुबै जना गम्भिर घाईते भई उपचारको लागि जिल्ला अस्पताल इलाममा ल्याएकोमा उपचारको क्रममा   डाक्टरले दुबै जना घाइतेलाई मृत घोषणा गरेको हो ।   ट्रक चालक इलाम नगरपालिका ५   बिब्ल्याटे बस्ने  २५ बर्षका  राम प्रसाद श्रेष्ठ  जिल्ला प्रहरी कार्यलल इलामको नियन्त्रणमा रहेका छ्न ।

  • Related Posts

    साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात

    साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात  भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा कन्डमको आयात बढ्दो…

    झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा चालक राईको मृत्यु

    झापा । झापाको दमकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कमल गाउँपालिका-६ निवासी ३८ वर्षीय विनोद राईको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात

    साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात