चिवाभञ्ज्याङ्–थर्पु सडक स्तरोन्नतिमा पाँच वर्ष पुग्दासमेत निर्माण कार्य शून्य

सुरेन्द्र खरेल,पाँचथर 

पुष्पलाल (मध्यपहाडी) राजमार्ग (NH–03) अन्तर्गत पर्ने चिवाभञ्ज्याङ्ग–थर्पु सडक खण्डको स्तरोन्नति (कालोपत्रे) कार्य सुरु भएको घोषणा भएको पाँच वर्ष बितिसक्दा पनि सडक निर्माणमा कुनै प्रगति भएको छैन ।

२०७७ माघ १८ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले शिलान्यास गर्दै कालोपत्रे कार्यको शुभारम्भ गरेका गर्नु भएको थियो, तर २०८२ सालसम्म आइपुग्दा सडकको एक मिटर पनि कालोपत्रे भएको छैन।

अहिले सम्म पिचको काम सुरु समेत नहुँदा परियोजना पाँच वर्षसम्म नाम मात्रको रहेको स्पष्ट देखिन्छ।

यसबीचमा ठेकेदारलाई पटक–पटक म्याद थपिए पनि वास्तविक काम सुरु नै नहुँदा सडकको अवस्था झनै दयनीय बन्दै गएको छ।

शिबशक्त्ति रोशन संतोसी निर्माण सेवा प्रलीले जे भि मा ठेक्का पारेका थिए।

सडक बिग्रँदै जादा यस क्षेत्रका सर्वसाधारण निकै प्रभावित छन्—

बर्खामा सडक हिलो र फोहोरले भरिन्छ, आवागमन अत्यन्त कठिन हुन्छ भने

हिउँदमा अत्यधिक धुलो उड्ने भएकाले स्वास्थ्यमा समेत जोखिम बढ्ने देखिन्छ।

पाँच वर्ष पुग्दा पनि शिलान्यासपछिको काम शून्य रहेको स्पष्ट देखिए पनि संबन्धित निकायले चासो देखाएको छैन।

 अब सम्बन्धित निकायहरूले तत्काल हस्तक्षेप गर्नुपर्ने आवश्यकता देखिन्छ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट