चिवाभञ्ज्याङ्–थर्पु सडक स्तरोन्नतिमा पाँच वर्ष पुग्दासमेत निर्माण कार्य शून्य

सुरेन्द्र खरेल,पाँचथर 

पुष्पलाल (मध्यपहाडी) राजमार्ग (NH–03) अन्तर्गत पर्ने चिवाभञ्ज्याङ्ग–थर्पु सडक खण्डको स्तरोन्नति (कालोपत्रे) कार्य सुरु भएको घोषणा भएको पाँच वर्ष बितिसक्दा पनि सडक निर्माणमा कुनै प्रगति भएको छैन ।

२०७७ माघ १८ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले शिलान्यास गर्दै कालोपत्रे कार्यको शुभारम्भ गरेका गर्नु भएको थियो, तर २०८२ सालसम्म आइपुग्दा सडकको एक मिटर पनि कालोपत्रे भएको छैन।

अहिले सम्म पिचको काम सुरु समेत नहुँदा परियोजना पाँच वर्षसम्म नाम मात्रको रहेको स्पष्ट देखिन्छ।

यसबीचमा ठेकेदारलाई पटक–पटक म्याद थपिए पनि वास्तविक काम सुरु नै नहुँदा सडकको अवस्था झनै दयनीय बन्दै गएको छ।

शिबशक्त्ति रोशन संतोसी निर्माण सेवा प्रलीले जे भि मा ठेक्का पारेका थिए।

सडक बिग्रँदै जादा यस क्षेत्रका सर्वसाधारण निकै प्रभावित छन्—

बर्खामा सडक हिलो र फोहोरले भरिन्छ, आवागमन अत्यन्त कठिन हुन्छ भने

हिउँदमा अत्यधिक धुलो उड्ने भएकाले स्वास्थ्यमा समेत जोखिम बढ्ने देखिन्छ।

पाँच वर्ष पुग्दा पनि शिलान्यासपछिको काम शून्य रहेको स्पष्ट देखिए पनि संबन्धित निकायले चासो देखाएको छैन।

 अब सम्बन्धित निकायहरूले तत्काल हस्तक्षेप गर्नुपर्ने आवश्यकता देखिन्छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु