बासबाट बनेको अनौठो घडी, स्थानीय सीप विकासको उत्कृष्ट नमुना

राज याक्खा,

ताप्लेजुङको सिदिङवा गाउँपालिकाले सञ्चालन गर्दै आएको निर्माण सामग्री सीप विकास कार्यक्रम अन्तर्गत वडा नं. ५ लिम्बुदिनमा तालिम लिइरहेका प्रतिभावान प्रशिक्षार्थी विनोद लिङदेनले बासबाट आकर्षक र आधुनिक ढंगको घडी निर्माण गरेका छन्।

स्थानीय स्रोतको सदुपयोग गर्दै विनोदले बनाएको यो बासको घडी केवल कलात्मक तरिकाले निर्माण गरिएको छ, यो गाउँमै उत्पादन सम्भावनाको उज्ज्वल उदाहरण पनि बनेको छ। कार्यक्रमले गाउँमा नयाँ सीप र रोजगारको अवसर सिर्जना गर्ने उद्देश्य राखेको छ, र प्रशिक्षार्थीहरुले उत्पादन गरेका सामग्रीहरु स्थानीय बजारमा पनि आकर्षणको केन्द्र बन्दै गइरहेका छन्।

गाउँपालिकाले यस्ता सीपमूलक तालिमहरूले युवाहरूलाई व्यावसायिकताको दिशातिर अभिमुख गराउन मद्दत पुगेको बताउँदै, आगामी दिनमा अझ प्रभावकारी रूपमा कार्यक्रम विस्तार गर्ने तयारी भएको जानकारी दिएको छ।

यो घडी स्थानीय स्रोत, मेहनत र सिर्जनशीलताको जीवित प्रमाण बनेको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु