अलैचि कप २०८२ को उपाधि गणेशचोकलाई 🏆🔥

 राज याक्खा,

ताप्लेजुङ जिल्ला, मिक्वाखोला गाउँपालिका–साँवामा जारी “फङ्फङ्देन झरना पर्यटन तथा सांस्कृतिक मेला–२०८२” को प्रमुख आकर्षणका रूपमा सम्पन्न अलैचि कप फुटबल प्रतियोगिताको उपाधि यस वर्ष पनि गणेशचोक कर्नर टिम, पाँचथर ले उचाल्न सफल भएको छ।

मङ्सिर ७ गतेबाट सुरु भई पाँच दिनसम्म चलेको प्रतियोगिताको रोमाञ्चक फाइनल खेल आज मङ्सिर ११ गते सम्पन्न भयो। फाइनलमा गणेशचोकले हिमाली तोक्पेगोला, ताप्लेजुङ लाई १–० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो वर्ष च्याम्पियन बन्ने गौरव हासिल गर्‍यो।

खेलको निर्णायक गोल निरोश लिङ्देन ले पहिलो हाफमै गर्दा गणेशचोकले अग्रता कायम राख्न सफल भयो। अन्तिम क्षणसम्म प्रतिद्वन्द्वी टोलीले बराबरी गोल फर्काउने प्रयास गरे पनि गणेशचोकको disciplined खेल, कडा डिफेन्स र रणनीतिक व्यवस्थापनले जित सुरक्षित गर्‍यो।

उपाधिसँगै गणेशचोक कर्नर टिमले नगद रु. ३,०२,०८२ बराबरको अलैचि पुरस्कार प्राप्त गरेको छ। यो जितले गणेशचोक कर्नर टिमको निरन्तर उत्कृष्टता र सफल खेल प्रदर्शनलाई फेरि एकपटक प्रमाणित गरेको छ।

लगातार दोस्रो पटक उपाधि जित्दै टिमले अभूतपूर्व उपलब्धि हासिल गरेको भन्दै खेलकुद प्रेमीहरूद्वारा बधाईका संदेशहरू आइरहेका छन्। 👏🔥

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली