धरानका मेयर हर्क साम्पाङको नेतृत्वमा दर्ता भएको श्रम संस्कृति पार्टी अब संगठन विस्तारको यात्रामा लाग्दै ताप्लेजुङ प्रवेश गर्न लागेको छ। मेयर साम्पाङ मङ्सिर ११ गते ताप्लेजुङ आउने कार्यक्रम तय भएको छ।

राज याक्खा,

सामाजिक न्याय, श्रमको सम्मान र स्वच्छ राजनीतिक संस्कृतिलाई प्राथमिकता दिने हर्क साम्पाङलाई धरानका जनताले स्वतन्त्र उम्मेदवारका रूपमा विजयी बनाएपछि उनले जलस्रोत संरक्षण, सडक तथा खानेपानी व्यवस्थापन, सामुदायिक सहभागिता जस्ता क्षेत्रमा उल्लेखनीय पहल गरेका थिए। ‘हातैले काम गर्ने’ मेयर का रूपमा लोकप्रिय साम्पाङका गतिविधिले देशभर नयाँ प्रकारको नेतृत्वको आशा जगाएको थियो।

हालै दर्ता भएको श्रम संस्कृति पार्टी मार्फत उनले आफूले धरानमा देखाएको काम–संस्कृतिलाई अब राष्ट्रिय रूपमा विस्तार गर्ने लक्ष्य अघि सारेका छन्। यही लक्ष्यअनुरूप उनी ताप्लेजुङ पुगेर स्थानीय नेता–कार्यकर्तासँग पार्टी संरचना गठन, संगठन विस्तार रणनीति र आगामी अभियानको खाका सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको छ।

हर्क साम्पाङको आगमनले ताप्लेजुङमा राजनीतिक चहलपहल बढेको छ भने नयाँ विकल्प खोजिरहेका युवाहरूमा पनि उत्साह देखा परेको छ।

  • Related Posts

    निरज कार्की रितिजद्वारा १५औँ महाधिवेशनमा युवा तर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

    मोरङ । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका निरज कार्की रितिजले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि (युवा तर्फ) पदमा उम्मेदवारी दिएका छन्। राजनीतिलाई नजिकबाट बुझ्ने उद्देश्यसहित विद्यार्थी राजनीतिमा…

    पाँचथरको फिदिममा देउवा निकट समुहले सम्पर्क कार्यालय खाेल्याे

    अजेन्द्र वाईबा तामाङ असाेज ५ पाँचथर नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पाँचथरमा पार्टीभित्रका विभिन्न समूहका संगठनात्मक गतिविधि तीव्र बनेका छन्। यसैक्रममा देउवा निकट नेपाली कांग्रेस पाँचथर समूहले सदरमुकाम फिदिममा…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु