राज याक्खा,
सामाजिक न्याय, श्रमको सम्मान र स्वच्छ राजनीतिक संस्कृतिलाई प्राथमिकता दिने हर्क साम्पाङलाई धरानका जनताले स्वतन्त्र उम्मेदवारका रूपमा विजयी बनाएपछि उनले जलस्रोत संरक्षण, सडक तथा खानेपानी व्यवस्थापन, सामुदायिक सहभागिता जस्ता क्षेत्रमा उल्लेखनीय पहल गरेका थिए। ‘हातैले काम गर्ने’ मेयर का रूपमा लोकप्रिय साम्पाङका गतिविधिले देशभर नयाँ प्रकारको नेतृत्वको आशा जगाएको थियो।
हालै दर्ता भएको श्रम संस्कृति पार्टी मार्फत उनले आफूले धरानमा देखाएको काम–संस्कृतिलाई अब राष्ट्रिय रूपमा विस्तार गर्ने लक्ष्य अघि सारेका छन्। यही लक्ष्यअनुरूप उनी ताप्लेजुङ पुगेर स्थानीय नेता–कार्यकर्तासँग पार्टी संरचना गठन, संगठन विस्तार रणनीति र आगामी अभियानको खाका सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको छ।
हर्क साम्पाङको आगमनले ताप्लेजुङमा राजनीतिक चहलपहल बढेको छ भने नयाँ विकल्प खोजिरहेका युवाहरूमा पनि उत्साह देखा परेको छ।




