समृद्ध सिदिङवा नागरिक एकता समाज महिला फुटबल टिमले जितेको सिल्ड गाउँपालिकालाई हस्तान्तरण

राज याक्खा,

पाँचथरको याङवर गाउँपालिका वार्ड नं ३ ओयाम पुछारमा आयोजना भएको बाला चतुर्दशी मेला–२०८२ अन्तर्गतको महिला फुटबल प्रतियोगितामा समृद्ध सिदिङवा नागरिक एकता समाज महिला फुटबल टिम विजेता बनेपछि, संस्थाले टिमले जितेर ल्याएको सिल्ड आज औपचारिक गरी सिदिङवा गाउँपालिकालाई समृद्ध सिदिङ्वा नागरिक एकता समाज महिला फुटबल टिम क्याप्टेन प्यारी कला इधिङ्गो को हातबाट पालिकालाई हस्तान्तरण गरेको थियो।

हस्तान्तरण कार्यक्रममा संस्थाका तर्फबाट सचिव कृष्ण गौतम संस्थाका सहसचिव तथा खेलकुद संयोजक सागर गौतम लगायत खेलाडीहरु उपस्थित रहेका थिए। पालिकातर्फबाट गाउँपालिका अध्यक्ष मानबहादुर राई, वडाध्यक्ष अमर इदिङ्गो प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र अधिकारी सहभागी भएको थियो।

संस्थाले सिदिङवा गाउँपालिकाका विभिन्न सबै वडाका खेलाडीहरूलाई समेटेर पहिलो पल्ट खेलमा सहभागी गराएको थियो। आउने दिनहरूमा पनि संस्थाले नयाँ खेलाडीहरूलाई प्रोत्साहन गर्दै खेलाडीहरू उत्पादन गर्ने संस्थाले जनाउँदै आएको छ। आगामी दिनहरूमा पनि यसरी नै पालिकालाई सम्मान, पुरस्कार तथा हासिल भएका उपलब्धिहरू सामूहिक रुपमा हस्तान्तरण गर्ने अठोट संस्थाले व्यक्त गरेको छ।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली