सिदिङ्वामा १८औँ गाउँपालिका स्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङशील प्रतियोगिता सुरु, १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको समेत उद्घाटन

राज याक्खा,

ताप्लेजुङ, सिदिङ्वा — सिदिङ्वा गाउँपालिकामा आज १८औँ गाउँपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङशील प्रतियोगिता भव्य रूपमा सुरु भएको छ। सोही अवसरमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने राष्ट्रिय अभियानको समेत औपचारिक रूपमा उद्घाटन गरिएको छ।

उद्घाटन समारोहका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष मानबहादुर राई, विशिष्ट अतिथि कृष्णकुमारी कडरिया (बन्दना) तथा अतिथिका रूपमा जिल्ला खेलकुद समितिका अध्यक्ष गणेश माबो सहित गाउँपालिकाका १ देखि ७ नम्बर वडाध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्यसँगै लैङ्गिक हिंसा विरुद्ध सामूहिक स्वर उठाउँदै अभियानको औपचारिक शुभारम्भ गरिएको थियो। कार्यक्रममा गाउँपालिका भरिका विद्यालयका विद्यार्थीहरूले विभिन्न खेलकुद प्रतिस्पर्धामा उत्साहपूर्वक सहभागिता जनाएका छन्।

यस वर्षको राष्ट्रपति रनिङशील प्रतियोगिता हालै निर्माण सम्पन्न सिदिङ्वा रङ्गशालामै आयोजना हुने भएका कारण खेलकुद वातावरण थप उत्साहपूर्ण बनेको छ। आजको सम्पूर्ण कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख बद्रीप्रसाद सिटौलाले गर्नुभएको थियो।

 

 

 

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु