देउसे नाचबाट उठेको रकमले सिदिङ्वा–३ श्री नव शताब्दी प्रगतिशील युवा परिवारले ध्वनि प्रणाली खरिद

राज याक्खा,

ताप्लेजुङको,सिदिङ्वा गाउँपालिका–३ थुङरुम्बामा अवस्थित श्री नव शताब्दी प्रगतिशील युबा परिवार, जो २०५७ सालमा स्थापना भएको हो, स्थानीय विकास तथा समाजसेवामा सक्रिय रूपमा संलग्न रहँदै आएको छ। २०८२ सालको दीपावलिमा संस्थाका युवाहरूले परम्परागत देउसे नाच आयोजना गरी संकलित रकमबाट क्लब मात्र नभई सिङ्गो सिदिङ्वा गाउँपालिकालाई उपयोगी हुने ध्वनि प्रणाली (Sound System) सफलतापूर्वक खरिद गरेको छ।

ध्वनि प्रणाली स्थानीय सामाजिक, सांस्कृतिक तथा अन्य सार्वजनिक कार्यक्रमहरूमा महत्वपूर्ण आवश्यकता रहेकाले यसले सम्पूर्ण समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास संस्थाले व्यक्त गरेको छ।

संस्थामा हाल ४० भन्दा बढी सदस्यहरू सक्रिय रहेका छन् र आगामी दिनहरूमा अझै प्रभावकारी रूपमा समाजसेवा र समुदाय विकासमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

देउसे नाचमा सहभागी भई आर्थिक तथा नैतिक रूपमा साथ दिने सहयोगी दाता, स्थानीयवासी तथा शुभेच्छुकहरूलाई संस्थाले हार्दिक धन्यवाद दिएको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु