प्रसिद्ध धार्मिक स्थल पाथीभरामा यस वर्ष पहिलो पटक हिमपात

साहारा लिम्बू
फुङलिङ, ६ मङ्सिर । 
प्रसिद्ध धार्मिक स्थल पाथीभरामा यस वर्ष पहिलो पटक हिमपात भएको छ । शुक्रबार दिउँसो सामान्य वर्षा भएपछि साँझबाट तीन हजार ६९४ मिटरको उचाइमा रहेको पाथीभरामा हिमपात सुरु भएको हो ।

हिमपात भएपछि पाथीभरा क्षेत्रमा चिसो समेत बढेको छ । मन्दिर क्षेत्रमा कार्यरत पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार सामान्य मात्रामा हिमपात भएको हो । सामान्य हिमपातले समेत दर्शनार्थीलाई भने प्रभाव पारेको उहाँको भनाइ छ । गत असोजमा ताप्लेजुङको उच्च हिमाली भेगमा मात्रै हिमपात भएको थियो ।

जिल्लाको पर्यटकीय क्षेत्रहरू तिम्बुङ पोखरी, लोदेन, सिङ्जेमा ताल, स्याम्दो ताल लगायतको क्षेत्रमा हिमपात हुँदा पाथीभरा भने भएको थिएन । तर शुक्रबार यस वर्षको पहिलो पटक हिमपात भएको छ ।

पाथीभरामा हिमपात भए पनि बिहानैदेखि मन्दिर दर्शन गर्ने भक्तजनको भने घुँइचो लागेको छ । भक्तजनहरू लाइनबद्ध रुपमा उभिएर बिहानैबाट पूजा गरिरहेका छन् । साताको मङ्गलबार र शनिबार अन्य दिनको तुलनामा अत्याधिक मात्रामा तीर्थयात्री पाथीभरा पुग्ने गरेका छन् ।

  • Related Posts

    साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात

    साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात  भएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा कन्डमको आयात बढ्दो…

    झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा चालक राईको मृत्यु

    झापा । झापाको दमकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कमल गाउँपालिका-६ निवासी ३८ वर्षीय विनोद राईको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात

    साउनदेखि मंसिरसम्मको पाँच महिनामा नेपालमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरको कन्डम आयात