गाँजासहित २ जना पक्राउ

सुनसरी, ६ मंसीर । जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रतिबन्धित लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।

मंसिर ५ गते गस्तिमा खटिएको प्रहरी टोलीले इनरुवा–४ स्थित भित्री सडक खण्डबाट प्र १–०२–००४ ह १७७६ नम्बरको सिटी सफारीमा लुकाई छिपाई लैजाँदै गरेको १० किलोग्राम ५४० ग्राम गाँजासहित सिटी चालक हरिनगर–४ का अजमल अंसारी र सिटीमा सवार अमिर अंसारीलाई नियन्त्रणमा लिएको हो ।

यता, प्रहरी चौकी घुस्किहाटले हरिनगर–७ बाट बोरामा बेबारीसे अवस्थामा राखेको १२ किलोग्राम १३० ग्राम लागू औषध गाँजा फेला पारेको छ । लागुऔषधसहित पक्राउ परेका दुबै जनामाथि कानूनी कारबाही भइरहेको छ भने बेबारीसे गाँजा सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट