प्रसिद्ध धार्मिक स्थल पाथीभरामा यस वर्ष पहिलो पटक हिमपात

साहारा लिम्बू
फुङलिङ, ६ मङ्सिर । 
प्रसिद्ध धार्मिक स्थल पाथीभरामा यस वर्ष पहिलो पटक हिमपात भएको छ । शुक्रबार दिउँसो सामान्य वर्षा भएपछि साँझबाट तीन हजार ६९४ मिटरको उचाइमा रहेको पाथीभरामा हिमपात सुरु भएको हो ।

हिमपात भएपछि पाथीभरा क्षेत्रमा चिसो समेत बढेको छ । मन्दिर क्षेत्रमा कार्यरत पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार सामान्य मात्रामा हिमपात भएको हो । सामान्य हिमपातले समेत दर्शनार्थीलाई भने प्रभाव पारेको उहाँको भनाइ छ । गत असोजमा ताप्लेजुङको उच्च हिमाली भेगमा मात्रै हिमपात भएको थियो ।

जिल्लाको पर्यटकीय क्षेत्रहरू तिम्बुङ पोखरी, लोदेन, सिङ्जेमा ताल, स्याम्दो ताल लगायतको क्षेत्रमा हिमपात हुँदा पाथीभरा भने भएको थिएन । तर शुक्रबार यस वर्षको पहिलो पटक हिमपात भएको छ ।

पाथीभरामा हिमपात भए पनि बिहानैदेखि मन्दिर दर्शन गर्ने भक्तजनको भने घुँइचो लागेको छ । भक्तजनहरू लाइनबद्ध रुपमा उभिएर बिहानैबाट पूजा गरिरहेका छन् । साताको मङ्गलबार र शनिबार अन्य दिनको तुलनामा अत्याधिक मात्रामा तीर्थयात्री पाथीभरा पुग्ने गरेका छन् ।

  • Related Posts

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    अजेन्द्र वाईबा तामाङ साउन ११ ,फिदिम पाँचथरको फिदिममा नेपाल पत्रकार महासंघ पाँचथरको सभाहलमा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी आज देखि सुरु भएको छ। किरात राई यायोक्खाको आयोजनामा तथा नेपाल आदिवासी…

    पाँचथरमा नौमती बाजा सहित बेठि उत्सब मनाए

    अजेन्द्र वाईबा तामाङ साउन ९ ,पाँचथर पाँचथरको फिदिम नगरपालिका–५ मा शनिबार परम्परागत बेठी उत्साहपूर्वक मनाइएको छ। स्थानीय लक्ष्मीप्रसाद चापागाईँको धान रोपाइँलाई सामूहिक श्रम र सांस्कृतिक उत्सवका रूपमा रूपान्तरण गर्दै परिवार,…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु

    फिदिममा आदिवासी अधिकार सम्बन्धी दुईदिने गोष्ठी सुरु