अस्थायी प्रहरी चौकी खुदुनाबारीमा फर्किए प्रहरी

अर्जुनधारा, १४ कात्तिक । गत भदौ २४ गतेको जेनजी आन्दोलनका कारण विस्थापित बनेका अर्जुनधारा नगरपालिका–३ स्थित अस्थायी प्रहरी चौकी खुदुनाबारीका प्रहरी टोलीलाई पुनः कार्यक्षेत्रमा फर्काइएको छ। आन्दोलनपछि कार्यस्थल छाड्न बाध्य बनेको प्रहरी टोली शुक्रबार एक औपचारिक कार्यक्रमका बीच पुनः आफ्नै चौकीमा फर्किएको हो।

प्रहरी सहायक निरीक्षक नम्भु कुमार माझीको नेतृत्वमा रहेको टोलीलाई जनप्रतिनिधि र स्थानीयवासीहरूले खादा र फूलमालासहित स्वागत गरेका थिए।

कार्यक्रममा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरे, वडा अध्यक्ष सिताराम भट्टराई, कार्यपालिका सदस्य चन्द्रा तामाङ, वडा सदस्य नारायण चापागाईं र सुमनकुमारी राई, अस्थायी प्रहरी चौकी व्यवस्थापन समिति अध्यक्ष ढुंडीराज गौतम, रेडक्रस खुदुनाबारीका सभापति जिवन भण्डारी, युथ अफ खुदुनाबारीका अध्यक्ष सागर घिमिरे, सचेत युवा समूहका अध्यक्ष राजा सावाँ लिम्बू लगायत विभिन्न संघ–संस्था र सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी थिए।

हाल चौकीमा प्रहरी सहायक निरीक्षक नम्भु कुमार माझीको नेतृत्वमा एक बरिष्ठ हबलदार, एक सहायक हबलदार र २ जना जवान सहित ५ जना प्रहरी कार्यरत छन्।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली