धनकुटा नगरपालिका–९ स्थित कोशी लोकमार्गमा पर्ने तिनघुम्तीमा बस दुर्घटना हुँदा एक जनाको घाइते

धनकुटा कात्तिक १४ गते । धनकुटा नगरपालिका–९ स्थित कोशी लोकमार्गमा पर्ने तिनघुम्तीमा बस दुर्घटना हुँदा एक जनाको घाइते भएका छन् । शुक्रबार बिहान करिब पौने ९ बजेको दमकबाट दिक्तेलतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५१९ नम्बरको बस सडकमा पल्टिएको हो ।

बसको हावाको अचानक पाइप पड्किएर अनियन्त्रित हुँदा सडकमा पल्टिर दुर्घटना हुँदा बसमा सवार मोरङको लेटाङ नगरपालिका–३ बस्ने ५५ वर्षीया मिना गुरुङ घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बसमा करिब २७ जना सवार रहेका थिए । घाइते गुरुङको ढाडमा चोट लागेको र उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको प्रहरीको भनाइ छ ।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली