झापामा तीन महिनामा ३१७ नयाँ घरेलु तथा साना उद्योग दर्ता

भद्रपुर, १५ कात्तिक । चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो त्रैमासिकमा झापामा ३१७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार तीमध्ये १४५ उद्योगतर्फ र १७२ वाणिज्यतर्फका फर्महरू रहेका छन्।

उक्त अवधिमा ३३५ उद्योग र ३३२ वाणिज्य फर्म नवीकरण गरिएको कार्यालयले जनाएको छ। साथै, ३८ उद्योग र २५ वाणिज्य फर्म खारेज गरिएका छन्। यस अवधिमा ३ उद्योगको ठाउँसारी, १६ नामसारी, १४ नाम परिवर्तन, तथा १० उद्योगले उद्देश्य थपेका छन्।

सूचना अधिकारी भट्टराईका अनुसार, कार्यालयमा आएर उद्योग बन्द गराउनेको संख्या कम भए पनि नवीकरण नभएका धेरै उद्योग स्वतः बन्द भइसकेका छन्। यद्यपि, बन्द हुनेभन्दा नयाँ उद्योग थपिने दर उच्च रहेको बताउँदै उहाँले यसलाई सकारात्मक संकेतको रूपमा लिन सकिने उल्लेख गर्नुभयो। चालु आवको पहिलो त्रैमासिकमा कार्यालयले विभिन्न शीर्षकमा रु ५४ लाख ३९ हजार २०० राजस्व संकलन गरेको छ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु