झापामा तीन महिनामा ३१७ नयाँ घरेलु तथा साना उद्योग दर्ता

भद्रपुर, १५ कात्तिक । चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो त्रैमासिकमा झापामा ३१७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय झापाका सूचना अधिकारी जानकी भट्टराईका अनुसार तीमध्ये १४५ उद्योगतर्फ र १७२ वाणिज्यतर्फका फर्महरू रहेका छन्।

उक्त अवधिमा ३३५ उद्योग र ३३२ वाणिज्य फर्म नवीकरण गरिएको कार्यालयले जनाएको छ। साथै, ३८ उद्योग र २५ वाणिज्य फर्म खारेज गरिएका छन्। यस अवधिमा ३ उद्योगको ठाउँसारी, १६ नामसारी, १४ नाम परिवर्तन, तथा १० उद्योगले उद्देश्य थपेका छन्।

सूचना अधिकारी भट्टराईका अनुसार, कार्यालयमा आएर उद्योग बन्द गराउनेको संख्या कम भए पनि नवीकरण नभएका धेरै उद्योग स्वतः बन्द भइसकेका छन्। यद्यपि, बन्द हुनेभन्दा नयाँ उद्योग थपिने दर उच्च रहेको बताउँदै उहाँले यसलाई सकारात्मक संकेतको रूपमा लिन सकिने उल्लेख गर्नुभयो। चालु आवको पहिलो त्रैमासिकमा कार्यालयले विभिन्न शीर्षकमा रु ५४ लाख ३९ हजार २०० राजस्व संकलन गरेको छ।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली