साम्बाको दुई गोलमा नेपालले भारतलाई पराजित गर्‍यो

झापा, १० कात्तिक । त्रिकोणात्मक मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले भारतलाई २–१ गोल अन्तरले पराजित गरेको छ। भारतको सिलोङस्थित जवाहरलाल नेहरु रङ्गशालामा भएको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाले दुई गोल गर्दै नेपाललाई जित दिलाइन्।

नेपालले खेलको दोस्रो मिनेटमै साम्बाको गोलबाट अग्रता बनायो। दोस्रो हाफको ६३ औँ मिनेटमा उनले फ्रिकिकमार्फत दोस्रो गोल गरिन्। भारतका लागि ८१ औँ मिनेटमा करिश्मा पुरुषोत्तमले शान्त्वना गोल फर्काइन्।

भारतले यसअघि इरानसँग पनि हार व्यहोरेको थियो भने नेपाल पहिलो खेलमा इरानसँग ३–० ले पराजित भएको थियो। प्रतियोगितापछि नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल मंसिर १३ गते हुने तय भएको छ।

  • Related Posts

    बेंगलुरु लगातार दोस्रो पटक आइपीएलको च्याम्पियन

    गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लगातार दोस्रो पटक इण्डियन प्रिमियर लिग (आइपीएल)को च्याम्पियन भएको छ। अहमदाबादमा आइतबार राति सम्पन्न फाइनल खेलमा गुजरातलाई ५ विकेटले हराउँदै…

    १६ औँ राष्ट्रपति रनिङ शिल्डमा मैवाखोला प्रथम, फक्ताङलुङ पदक विहीन १६ औँ अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजन जिम्मा लिएका सिदिङ्वा चौथो स्थान मा

    राज याक्खा, ताप्लेजुङ, माघ २७ गते । १६ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका स्तरीय प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखुमा सम्पन्न १६ औँ राष्ट्रपति…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राई श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारीमा

    नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राई श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारीमा