ज्योति स्पोर्टिङ क्लबले दोस्रो सामुदायिक परोपकार फुटबल प्रतियोगिताको उपाधि जित्यो

माइजोगमाई (इलाम)– माइजोगमाई–५, शिरिसे माविको खेल मैदानमा सञ्चालित दोस्रो सामुदायिक परोपकार फुटबल प्रतियोगिताको उपाधि ज्योति स्पोर्टिङ क्लबले जितेको छ ।

आज भएको फाइनलमा सुनौलो फुटबल क्लब माइजोगमाई ४ लाई ६/२ गोलान्तरले पराजित गर्दै ज्योतिले उपाधि उचालेको हो ।

पहिलो हाफमा ३ गोल गरेको ज्योतिले दोस्रो हाफ थप ३ गोल गरेको थियो । सुनौलो फुटबल क्लबले पहिलो हाफमा १ गोल गरेको थियो, दोस्रो हाफमा अर्काे थप्यो ।

दोस्रो हाफ दबाबमा राखेको ज्योतिले थप ३ गोल गरेको थियो । ज्योतिको तर्फबाट टिम कप्तान जुयल राईले दुई, सचिन राईले १ र लभकुश राईले ह्याट्रिक गरे ।

उपाधि जितेसँगै ज्योतिले नगद ६१ हजार एक सय ६१, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सुनौलोले नगद ४१ हजार एक सय ४१, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

उदयीमान खेलाडी सुनौलो फुटबलका बेनुप देवान, उत्कृष्ट डिफेन्डर ज्योतिका सागर न्यौपाने, उत्कृष्ट गोलरक्षक ज्योतिका रोजन राई, म्यान अफ द म्याच ज्योतिका लबकुश राई र सर्वाधिक गोलकर्ता ज्योतिका जुयल राई घोषित भए ।

कात्तिक ९ मा प्रतियोगिता सुरु भएको थियो ।

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट