ज्योति स्पोर्टिङ क्लबले दोस्रो सामुदायिक परोपकार फुटबल प्रतियोगिताको उपाधि जित्यो

माइजोगमाई (इलाम)– माइजोगमाई–५, शिरिसे माविको खेल मैदानमा सञ्चालित दोस्रो सामुदायिक परोपकार फुटबल प्रतियोगिताको उपाधि ज्योति स्पोर्टिङ क्लबले जितेको छ ।

आज भएको फाइनलमा सुनौलो फुटबल क्लब माइजोगमाई ४ लाई ६/२ गोलान्तरले पराजित गर्दै ज्योतिले उपाधि उचालेको हो ।

पहिलो हाफमा ३ गोल गरेको ज्योतिले दोस्रो हाफ थप ३ गोल गरेको थियो । सुनौलो फुटबल क्लबले पहिलो हाफमा १ गोल गरेको थियो, दोस्रो हाफमा अर्काे थप्यो ।

दोस्रो हाफ दबाबमा राखेको ज्योतिले थप ३ गोल गरेको थियो । ज्योतिको तर्फबाट टिम कप्तान जुयल राईले दुई, सचिन राईले १ र लभकुश राईले ह्याट्रिक गरे ।

उपाधि जितेसँगै ज्योतिले नगद ६१ हजार एक सय ६१, आकर्षक ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सुनौलोले नगद ४१ हजार एक सय ४१, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

उदयीमान खेलाडी सुनौलो फुटबलका बेनुप देवान, उत्कृष्ट डिफेन्डर ज्योतिका सागर न्यौपाने, उत्कृष्ट गोलरक्षक ज्योतिका रोजन राई, म्यान अफ द म्याच ज्योतिका लबकुश राई र सर्वाधिक गोलकर्ता ज्योतिका जुयल राई घोषित भए ।

कात्तिक ९ मा प्रतियोगिता सुरु भएको थियो ।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु