फिदिम खानेपानी द्वारा खाद्यन्न सहयोग

अजेन्द्र वाईबा तामाङ
पाँचथर , बैशाख 4
फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समिति पाँचथरले फिदिम नगरपालिका वडा नं. १, ४ मा आर्थिक अवस्थासंग जुधिरहेकी …….तिन परियारलाई खाद्यान्न वितरण गरेको छ।

फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समिति पाँचथरले फिदिम नगरपालिका १ माथिल्लो गाउँ ,फिदिम नगरपालिका ४ गडि र जाेरसालका अति बिपन्न ……….तीन परियारलाई ६० केजि बराबरको चामल वितरण गरेको हो।

परियारको आर्थिक अवस्था कम्जोर देखे पछि फिदिम खानेपानीको अध्यक्ष प्रकाश गुरुङले उहाँको घरमै लगेर दिएको फिदिम खानेपानीको सह सचिव डने शेर्पाले बताउनुभयो ।

फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे समन्वयमा उहाँको …….घरमै पुगेर स्थानिय बुद्धिजिवी युवाहरुको उपस्थितिमा मुठ्ठी दानबाट उठेको २८ घरको चामल बिपन्न परिवारका नाम न‌ै सर्बजनिक नगरि खाद्यान्न हस्तान्तरण गरिएको थियो । मुठ्ठी दानमा सहयोग गर्नेहरु प्रकाश गुरुङ ,कमल बास्काेटा,पुष्प रिजाल,मित्र प्रसाद काफ्ले ,खड्ग थापा,डिक कुमारी मगर,धन कुमार सम्बाहाम्फे, नारायण प्रसाद आचर्य ,लिलानाथ घिमिरे,दिलिप लावती,लैन बहादुर कार्की, ओम नाथ सुवेदी, दिपेन्द्र झा,बेद माया पाेख्रेल ,राज कुमार सम्बाहाम्फे, चुरन्ती कन्दङवा, अजेन्द्र वाईबा तामाङ ,खगेन्द्र अर्याल ,जीवन पनेरू ,रमेश भट्टराई ,गाेपाल रिजाल ,रुपा पाेख्रेल,राजेन्द्र अधिकारी ,हिम बहादुर बराईली,कृष्णप्रसाद याेङ्या,खगेन्द्र मिश्र ,देबि खनाल र डने शेर्पा लगयातले मुठ्ठी दान गरेका थिए।

आफुलाई सहयोग गरेकोमा हर्षित हुँदै फिदिम खानेपानी उपभोक्ता समिति परिवारलाई ……..तिन परिवारले धन्यवाद व्यक्त गर्नु भएको थियो ।
फिदिम बजारका २६ घरधुरीले एक एक मुठ्ठी संगलन गरेर सो राहत सामाग्री संकलन गरिएको र आगामी प्रत्येक महिना यसरी नै दिनदुखीहरुलाई सहयोग गरिने र सहयोग गरेको नाम यसरी सर्बजनिक नगरी सदैब यसरी नै बितरण गरिराख्ने फिदिम खानेपानीका अध्यक्ष प्रकाश गुरुङले बताउनुभयो । यो पुण्य कार्यमा जोडिन समस्त नगरवासीलाई गुरुङले आग्रह समेत गर्नुभयो।

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु