च्याङथापुमा निःशुल्क दन्त शिविर संचालन । (फोटो सहित)

सुरेन्द्र खरेल

मिति: २०८२ साल बैशाख ९ गते

पाँचथर जिल्ला, याङवरक गाउँपालिका–१ स्थित च्याङथापु स्वास्थ्य चौकीमा आजदेखि निःशुल्क दन्त शिविर सञ्चालनमा आएको छ। याङवरक गाउँपालिका थर्पुको आयोजनामा तथा पूर्वाञ्चल डेन्टल हस्पिटल प्रा.लि. ईटहरीको सहकार्यमा संचालन भएको यस शिविरमा दन्त सम्बन्धी जाँच, उपचार, तथा ज्येष्ठ नागरिकहरूलाई दन्त उपहारसहित विशेष सेवा प्रदान गरिएको छ।शिविरबाट स्थानीय दन्त पीडितहरूले प्रत्यक्ष लाभ लिने विश्वास गरिएको छ। शिविर २०८२ साल बैशाख ९ गते वडा नं. १ स्थित च्याङथापुमा शुरु भई, बैशाख १० गते वडा नं. २ को कार्यालय भवनमा र बैशाख ११ गते स्वास्थ्य चौकी ओयाममा सञ्चालन हुने कार्यक्रम रहेको छ।

गाउँपालिकाका अनुसार सेवा लिनेहरूको संख्याको यकिन अनुमान हाल गर्न नसकिने भए पनि प्रारम्भिक दिनमै उल्लेखनीय उपस्थिति देखिएको छ। पहिलो दिन च्याङथापुमा सञ्चालन भएको शिविरमा सेवा लिनेहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएका छन्।

यस प्रकारका कार्यक्रमले गाउँपालिकाभित्र दन्त स्वास्थ्यप्रति चेतना र पहुँच अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।शिविर उदर्घाटन कार्यक्रम

 

  • Related Posts

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    विराटनगर  – विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङमा शुक्रबार अपरान्ह कैदीबन्दीबीच कुटाकुट भएपछि चौकीदारसहित १८ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालिएको छ । कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच विवाद बढ्दै गएपछि कुटाकुट…

    खाजा खर्च कटाएर बाढीपीडितका लागि विद्यार्थीले गरे ८८ हजारभन्दा बढी सहयोग

    सिन्धुपाल्चोक- भदौ १० गते आएको भीषण बाढीबाट प्रभावितको खोज, उद्धार, राहत, पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम पठाउन थालेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिकास्थित…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट

    जिल्ला कारागार मोरङमा कै*दीबन्दीबीच कु*टाकुट