च्याङथापुमा निःशुल्क दन्त शिविर संचालन । (फोटो सहित)

सुरेन्द्र खरेल

मिति: २०८२ साल बैशाख ९ गते

पाँचथर जिल्ला, याङवरक गाउँपालिका–१ स्थित च्याङथापु स्वास्थ्य चौकीमा आजदेखि निःशुल्क दन्त शिविर सञ्चालनमा आएको छ। याङवरक गाउँपालिका थर्पुको आयोजनामा तथा पूर्वाञ्चल डेन्टल हस्पिटल प्रा.लि. ईटहरीको सहकार्यमा संचालन भएको यस शिविरमा दन्त सम्बन्धी जाँच, उपचार, तथा ज्येष्ठ नागरिकहरूलाई दन्त उपहारसहित विशेष सेवा प्रदान गरिएको छ।शिविरबाट स्थानीय दन्त पीडितहरूले प्रत्यक्ष लाभ लिने विश्वास गरिएको छ। शिविर २०८२ साल बैशाख ९ गते वडा नं. १ स्थित च्याङथापुमा शुरु भई, बैशाख १० गते वडा नं. २ को कार्यालय भवनमा र बैशाख ११ गते स्वास्थ्य चौकी ओयाममा सञ्चालन हुने कार्यक्रम रहेको छ।

गाउँपालिकाका अनुसार सेवा लिनेहरूको संख्याको यकिन अनुमान हाल गर्न नसकिने भए पनि प्रारम्भिक दिनमै उल्लेखनीय उपस्थिति देखिएको छ। पहिलो दिन च्याङथापुमा सञ्चालन भएको शिविरमा सेवा लिनेहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएका छन्।

यस प्रकारका कार्यक्रमले गाउँपालिकाभित्र दन्त स्वास्थ्यप्रति चेतना र पहुँच अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।शिविर उदर्घाटन कार्यक्रम

 

  • Related Posts

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    निशान निराैला इलाम ।इलामको देउमाई नगरपालिका–१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। अाज बिहान करिब साढे छ बजे चौरी बजारस्थित सडकबाट बोलेरो गाडी करिब…

    जुकेखाडी सामुदायिक वनको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न, खेलाडी र ज्येष्ठ नागरिक सम्मानित

    अर्जुन निराैला अर्जुनधारा, झापा। जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको ३१औँ साधारणसभा तथा उपभोक्ता भेला सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, व्यवस्थापन, आर्थिक पारदर्शिता तथा सामाजिक उत्तरदायित्वका विषयमा छलफल गर्नुका…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु