भुटानी शरणार्थीहरुको लागि खाद्यान्न सामग्री वितरण

झापाको दमक बेल्डाङ्गी शरणार्थी शिविरमा रहेका भुट्निज शरणार्थीहरुलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ ।

अमेरिकाको मिसिगनमा रहेको ग्लोरियस चर्चपरिवारले उक्त खाद्यान्न सामाग्री बितरण गरेकोहो ।

खाद्यान्न सामाग्रीहरु भुट्निज शरणार्थी शिविरबाट तेश्रो मुलुक पुनर्वास भएर गएका शरणार्थीहरु ग्लोरियस चर्चका सदस्यहरु भएको बताईएको छ ।

उक्त खाद्यान्न सामाग्रीहरु मिसिगन चर्च परिवारले मिसन २०२५ नामक कार्यक्रमको आयोजना गरेर बेल्डाङ्गी शिविर समन्वय c.m.c भवन प्रागणमा भुटनिज शरणार्थी समन्वय समितिको डेपुटी सचिव तथा समितिहरु भुटनिज सेक्टर प्रमुख र सेक्टर प्रतिनिधिहरुको समन्वयमा बितरण गरिएको हो ।

खाद्यान्न सामग्रीहरुमा चामल, दाल, नुन, तेल, साबुन लगायतका दैनिक जिवनमा अति आवश्यक पर्ने खाद्यान्न सामाग्रीहरु करिव १४७” घरपरिवारहरुलाई बितरण गरिएको हो ।

खाद्यान्न सामग्रीहरु मिसिगनमा रहेको ग्लोरियस चर्चका ससाना नानिहरु र चर्चका सदस्यहरुले पठाएको भेटिबाट बितरण गरिएको जानकारी चर्चका पास्टर जि.एस तामाङले बताए ।

राहत सामाग्री बितरण गर्दा आफुहरु पनि सा-है आसिसित र खुशीको महशुस भएको मिसिगन चर्चका पास्टर दावा तामाङ्गले बताए ।

खाद्यान्न सामाग्री बितरणले आफुहरु असाध्यै खुशी भएको बताउदै चर्चपरिवार अमेरिकालाई धन्याबाद दिदै अब फेरि राहत सहयोगको अपेक्षा गरेको सिएमसी डेपुटी सचिव आशा राईले बताईन ।

  • Related Posts

    चारआलीबाट नेपाल टेलिकमको केबल चोरी गर्ने दुई युवा पक्राउ

    झापा, झापाको मेचीनगर–१३ चारआली बजारस्थित लक्ष्मी डिपार्टमेन्ट अगाडि रहेको नेपाल टेलिकमको पोलबाट केबल चोरी गर्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार टेलिकमको…

    रमा हत्याकाण्डः शंका ब्वायफ्रेन्डमाथि ,कर्तुत भारतीय नागरिकको

    २३ जेठ, झापा : झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा उनका ब्वायफ्रेन्ड लगायतमाथि शंका गरिएपनि अपराधी भारतीय नागरिक भएको ठहर गरिएको छ । घटना भएको ८ दिनपछि…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो