भुटानी शरणार्थीहरुको लागि खाद्यान्न सामग्री वितरण

झापाको दमक बेल्डाङ्गी शरणार्थी शिविरमा रहेका भुट्निज शरणार्थीहरुलाई खाद्यान्न सामाग्री बितरण गरिएको छ ।

अमेरिकाको मिसिगनमा रहेको ग्लोरियस चर्चपरिवारले उक्त खाद्यान्न सामाग्री बितरण गरेकोहो ।

खाद्यान्न सामाग्रीहरु भुट्निज शरणार्थी शिविरबाट तेश्रो मुलुक पुनर्वास भएर गएका शरणार्थीहरु ग्लोरियस चर्चका सदस्यहरु भएको बताईएको छ ।

उक्त खाद्यान्न सामाग्रीहरु मिसिगन चर्च परिवारले मिसन २०२५ नामक कार्यक्रमको आयोजना गरेर बेल्डाङ्गी शिविर समन्वय c.m.c भवन प्रागणमा भुटनिज शरणार्थी समन्वय समितिको डेपुटी सचिव तथा समितिहरु भुटनिज सेक्टर प्रमुख र सेक्टर प्रतिनिधिहरुको समन्वयमा बितरण गरिएको हो ।

खाद्यान्न सामग्रीहरुमा चामल, दाल, नुन, तेल, साबुन लगायतका दैनिक जिवनमा अति आवश्यक पर्ने खाद्यान्न सामाग्रीहरु करिव १४७” घरपरिवारहरुलाई बितरण गरिएको हो ।

खाद्यान्न सामग्रीहरु मिसिगनमा रहेको ग्लोरियस चर्चका ससाना नानिहरु र चर्चका सदस्यहरुले पठाएको भेटिबाट बितरण गरिएको जानकारी चर्चका पास्टर जि.एस तामाङले बताए ।

राहत सामाग्री बितरण गर्दा आफुहरु पनि सा-है आसिसित र खुशीको महशुस भएको मिसिगन चर्चका पास्टर दावा तामाङ्गले बताए ।

खाद्यान्न सामाग्री बितरणले आफुहरु असाध्यै खुशी भएको बताउदै चर्चपरिवार अमेरिकालाई धन्याबाद दिदै अब फेरि राहत सहयोगको अपेक्षा गरेको सिएमसी डेपुटी सचिव आशा राईले बताईन ।

  • Related Posts

    आगलागीबाट दुईवटा घर जलेर नष्ट

    अजेन्द्र वाईबा तामाङ असाेज २४ शनिबार पाँचथरको फिदिम नगरपालिका १३ चाम्लिङडाँडाका मोहन चाम्लिङकाे दुईवटा घर आगलागीमा जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आज दिउँसो करिब १:३० बजे घरमा कोही नभएको…

    पाँचथर ट्राफिक प्रहरी सडक सुरक्षा बाेड राख्दै

    अजेन्द्र वाईबा तामाङ असाेज २२,फिदिम सवारी दुर्घटनाको जोखिम न्यूनीकरण तथा सडक प्रयोगकर्तालाई सचेत गराउने उद्देश्यले पाँचथरका दुर्घटनाग्रस्त क्षेत्रमा सडक सुरक्षा सम्बन्धी सचेतना बोर्ड राखिएको छ। हिमालयन एभरेस्ट इन्सुरेन्सको सहकार्यमा जिल्ला…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु