ताप्लेजुङ केबलकार क्षेत्रको रुख कटान

ताप्लेजुङ —सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय समितिको वार्ता भाँडिएपछि केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रुख कटान गरेको छ । बुधबार बिहान बटम स्टेसन माथिका रुखहरु कटान गरेको कम्पनीका एक प्रतिनिधिले जनाए ।

यसअघि गत जेठको पहिलो हप्ता (१ गते) ८० प्रतिशत रुख कटान गरेको थियो । बुधबार बिहान १७ प्रतिशत कटान सकिएको र अब बटम स्टेसन आसपासका केही रुख मात्रै बाँकी रहेको छ ।

वार्ता समितिले गरेको ६ बुँदे सहमतिमा बटम स्टेसन माथिको काम नगर्ने उल्लेख थियो । तर आन्दोलनरत समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेपछि रुख कटान गरिएको कम्पनीका प्रतिनिधिले बताएका छन् ।

डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार ठुला रुख २१ सय १४ वटामा टाँचा लगाइएको थियो । ठुला, साना, पोथ्रा, पोथ्री गरी छ हजार रुख कटान हुने उल्लेख छ । रुख कटान भएको क्षेत्रमा आन्दोलनरत समूहले वृक्षरोपणसमेत गरेको थियो भने पहिलो चरणको रुख कटानप्रति आपत्ति जनाउँदै बन्द हडताल लगायतका कार्यक्रम गरिएको थियो ।

  • Related Posts

    चारआलीबाट नेपाल टेलिकमको केबल चोरी गर्ने दुई युवा पक्राउ

    झापा, झापाको मेचीनगर–१३ चारआली बजारस्थित लक्ष्मी डिपार्टमेन्ट अगाडि रहेको नेपाल टेलिकमको पोलबाट केबल चोरी गर्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार टेलिकमको…

    रमा हत्याकाण्डः शंका ब्वायफ्रेन्डमाथि ,कर्तुत भारतीय नागरिकको

    २३ जेठ, झापा : झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा उनका ब्वायफ्रेन्ड लगायतमाथि शंका गरिएपनि अपराधी भारतीय नागरिक भएको ठहर गरिएको छ । घटना भएको ८ दिनपछि…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो