ताप्लेजुङ केबलकार क्षेत्रको रुख कटान

ताप्लेजुङ —सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय समितिको वार्ता भाँडिएपछि केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रुख कटान गरेको छ । बुधबार बिहान बटम स्टेसन माथिका रुखहरु कटान गरेको कम्पनीका एक प्रतिनिधिले जनाए ।

यसअघि गत जेठको पहिलो हप्ता (१ गते) ८० प्रतिशत रुख कटान गरेको थियो । बुधबार बिहान १७ प्रतिशत कटान सकिएको र अब बटम स्टेसन आसपासका केही रुख मात्रै बाँकी रहेको छ ।

वार्ता समितिले गरेको ६ बुँदे सहमतिमा बटम स्टेसन माथिको काम नगर्ने उल्लेख थियो । तर आन्दोलनरत समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेपछि रुख कटान गरिएको कम्पनीका प्रतिनिधिले बताएका छन् ।

डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार ठुला रुख २१ सय १४ वटामा टाँचा लगाइएको थियो । ठुला, साना, पोथ्रा, पोथ्री गरी छ हजार रुख कटान हुने उल्लेख छ । रुख कटान भएको क्षेत्रमा आन्दोलनरत समूहले वृक्षरोपणसमेत गरेको थियो भने पहिलो चरणको रुख कटानप्रति आपत्ति जनाउँदै बन्द हडताल लगायतका कार्यक्रम गरिएको थियो ।

  • Related Posts

    आगलागीबाट दुईवटा घर जलेर नष्ट

    अजेन्द्र वाईबा तामाङ असाेज २४ शनिबार पाँचथरको फिदिम नगरपालिका १३ चाम्लिङडाँडाका मोहन चाम्लिङकाे दुईवटा घर आगलागीमा जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आज दिउँसो करिब १:३० बजे घरमा कोही नभएको…

    पाँचथर ट्राफिक प्रहरी सडक सुरक्षा बाेड राख्दै

    अजेन्द्र वाईबा तामाङ असाेज २२,फिदिम सवारी दुर्घटनाको जोखिम न्यूनीकरण तथा सडक प्रयोगकर्तालाई सचेत गराउने उद्देश्यले पाँचथरका दुर्घटनाग्रस्त क्षेत्रमा सडक सुरक्षा सम्बन्धी सचेतना बोर्ड राखिएको छ। हिमालयन एभरेस्ट इन्सुरेन्सको सहकार्यमा जिल्ला…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु

    इलाममा बोलेरो दुर्घटना हुँदा २१ वर्षीय चालकको घटनास्थलमै मृत्यु