सचिन परियारको यात्रा भाइरल देखि समसान घाट सम्म एक नजर

काठमाडौं : गुल्मीको सानो गाउँका एक अबोध बालक, सचिन परियार । एक भाइरल भिडियोले रातारात चर्चित बने। उनी सामाजिक सञ्जालमा हाँस्य कलाकार, गायकका रूपमा चम्किए ।

तर, यो चमकले उनको बालापन खोस्यो, स्वास्थ्य बिग्रियो, र पढाइ बिथोलियो। समाजको नजरमा ‘स्टार’ बनेका यी बालकको जीवन पर्दा पछाडि पीडा र शोषणले भरिएको थियो। अन्ततः १३ वर्षकै कलिलो उमेरमा टिचिङ अस्पतालको शैय्याबाट उनी सदाको लागि अस्ताए ।

सुनौलो बालापनको रंगिन सपना, जसलाई एउटा क्यामेराको फ्रेमले रातारात प्रसिद्धि दियो, त्यो सपना वास्तविकताको कठोरतामा हरायो। गुल्मीको सानो गाउँका बालक सचिन परियारको कथा कुनै समय प्रेरणादायी लाग्थ्यो, तर उनको निधनसँगै यो दुःखदायी अन्त्यतिर मोडिन पुग्यो ।

२०७७ सालको सुरुवातमा कोभिड-१९ को सन्त्रासले स्कूल बन्द भएका बेला, तम्घासको अर्घाखाँची पार्कमा खेलिरहेका सचिनको पहिलो भिडियोले उनलाई सेलेब्रिटी बनायो। ठट्टा र अवोध पनले भरिएका उनका शब्दहरू र गीतहरूले उनी सामाजिक सञ्जालको तारामध्ये एक भए। नाम चलेका व्यक्तित्वहरूसँग काम गरे, युट्युब र टिकटकमा हिट भए। तर, यो चमक-धमकको संसारमा उनी केवल एउटा प्रयोगका पात्र बने।

सचिनको जीवनमा सामाजिक सञ्जालले प्रसिद्धिको ढोका खोलिदियो। तर, त्यो ढोकाबाट भित्रिएको थियो—शोषण, उपेक्षा र पीडा। कुनै बेला स्कूलका पहिलो विद्यार्थी बनेका सचिनले लगातार शारीरिक र मानसिक दबाब झेल्नुपर्यो। चिसो पानी छम्केर सुटिङमा राखिन्थे, निद्राको कमीले उनी बिरामी पर्न थाले। पढाइ छुट्यो, स्वास्थ्य बिग्रियो।

सञ्चारकर्मी कृष्ण कँडेलले उनलाई पढाइका लागि चन्दा उठाएर बोर्डिङ स्कूलमा भर्ना गराए पनि उनका पिता तेजेन्द्रको ध्यान नपुग्दा त्यो पनि लामो समय टिकेन। स्कुलले उनलाई रेस्टिकेट गर्योा । र त्यहाँबाट सुरु भयो पतनको यात्रा।

सचिनकी आमा उनी सानै छँदा अर्को विवाह गरी गइन्। पिता तेजेन्द्रले पनि दोस्रो विवाह गरे। आमाको ममता नपाएको सचिनको जीवनमा बुबाको साथ पनि जिम्मेवार भएन। बरु, बुबाले उनलाई मेला महोत्सव र टिकटकको स्टार बनाउने नाममा शोषण गरे।
सचिनको शरीरले धान्न सकेन। दुर्लभ मिर्गौलासम्बन्धी रोग र मस्तिष्कमा पानी जम्ने समस्याले उनलाई गम्भीर अवस्थामा पुर्याषयो। त्रिवि शिक्षण अस्पतालमा लामो उपचारपश्चात्, १३ वर्षको कलिलो उमेरमै सचिन यो संसारबाट विदा लिए।

सचिनको निधनमा शोक व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत पारिवारिक बेमेल र भाइरल प्रवृत्तिको अत्याचारले सचिनको सपनाको अवशान भएको उल्लेख गर्नुभएको छ ।

सचिनको जीवनको यो कथा कुनै व्यक्तिगत त्रासदी मात्र होइन, यो बालबालिकालाई सेलेब्रिटी बनाउने उद्योगको क्रूर यथार्थ हो। जसले देखाउँछ कि प्रसिद्धिले मात्र जीवन बनाउँदैन, यसले बालापन चोर्न सक्छ, अवोधपन निमोठ्न सक्छ ।

सामाजिक सञ्जालले उनलाई चर्चित बनायो, तर त्यो चमक-धमकले उनलाई शोषण गर्योर । तर उनी बाँच्न सफल भएनन् । सचिन, तिमी सधैं सम्झनामा रहन्छौं। तिम्रो अवोध हाँसो र गीतहरूले तिमीलाई माया गर्नेहरूको हृदयमा अमर बनाएको छ।

साभार: हिमालय टिभी

  • Related Posts

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    अजेन्द्र वाईबा तामाङ जेष्ठ २९,पाँचथर कोशी प्रदेश सरकारको ५ लाख रुपैयाँ लगानीमा फिदिम नगरपालिका–१ स्थित पतञ्जलि योग समितिको भवन संरक्षणका लागि निर्माण गरिएको कंक्रिट वाल निर्माण सम्पन्न भएको एक महिना…

    सम्पत्ति विवरण बुझाउने समयअवधि थप

    काठमाडौं – सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने समयअवधि असार मसान्तसम्म थप गरेको छ । आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार सम्पत्ति विवरण बुझाउनुपर्नेहरु कतिपय विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाइ…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो

    प्रदेश सरकारकाे ५ लाखको कंक्रिट वाल एक महिनामै ढल्यो