आमूल परिवर्तन नागरिक पार्टीकाे सचिवालयकाे  बैठक सम्पन्न

आमूल परिवर्तन नागरिक पार्टीकाे सचिवालयकाे  बैठक आज पार्टी कार्यालय बल्खुमा बसेको छ।

सचिवालय बैठक पार्टी उपमहासचिव नरेश क्षीतिजले सञ्चालन गर्नु भएको थियो भने पार्टी अध्यक्ष दल मर्दन कामीको अध्यक्षता,विशेष उपस्थिती पार्टीका अध्यक्ष भरत गिरी,विशेष अतिथी पार्टीका सल्लाहकार डा. ऋषि रिमाल साथै वरिष्ठ नेता कमला हेमचुरी सम्पूर्ण पदाधिकारीहरुको उपस्थितिमा सचिवालय बैठक सम्पन्न भएको छ।

उक्त सचिवालय बैठकले विभिन्न निर्णयहरु गरेको छ। निर्णयहरु:-

बागमति,लुम्बिनी तथा क र्णाली प्रदेशका ईन्चार्ज तथा सहईन्चार्जहरुबाट अहिलेसम्म भएका कार्य प्रगति तथा सम्भावना र चुनाैती लगायत विषयहरु सहितकाे रिपोर्टिङ प्रस्तुत गरिएको थियो।

कार्यालय ब्यवस्थापन लगायत कार्यालय उद्घाटन तथा चियापान कार्यक्रम  आगामी पाैष २५ गते गर्ने र त्यसकाे लागि पार्टीका महासचिव प्रेम बहादुर कार्की संयाेजक र पार्टी सचिव शुभराज प्रजालागि  सहसंयाेजक ताेकिएकाे निर्णय गरिएको थियो।

पार्टीकाे संठन विस्तार गर्नका निमित्त आगामी माघ ०३ गते प्रदेश स्तरीय कार्यकर्ता भेला प्रदेश १ मा गरिने निर्णय गरिएको थियो।

पार्टीका गतिविधिहरुलाई सबै क्षेत्रमा पुर्‍याउन र पार्टी विस्तार तथा सुदृढीकरणका लागि विधान तथा नियमावलीमा ब्यवस्था भए वमाेजिमका विभिन्न विभागहरु आगामी फागुन १५ गते भित्र गठन गरिसक्ने र त्यसपछि केन्द्रीय समितिकाे पूर्ण बैठक बस्ने निर्णय गरेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख नरेश क्षितिजले जानकारी  दिनी भएको छ।

  • Related Posts

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    राज याक्खा/ताप्लेजुङ फुङ्लिङ नगरपालिकाका नगर प्रमुख अमिर मादेनबाट श्री जनता माध्यमिक विद्यालय, विद्यालय व्यवस्थापन समिति अध्यक्ष सञ्जय लिम्बू सुब्बालाई कामकाजमा रोक लगाएको पत्राचार पछि सुब्बा सर्वोच्च अदालत पुगेका हो। अदालतले…

    जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति विवाद : नगरपालिकाको पत्र कार्यान्वयनमा सर्वोच्चको अन्तरिम रोक

    राज याक्खा/ताप्लेजुङ् फुङ्लिङ नगरपालिका–९ हाङदेवास्थित जनता माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विवाद सर्वोच्च अदालत सम्म पुगेको छ। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन भइसकेको निवेदक सञ्जय लिम्बू सुब्बाको दाबी…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली

    सर्वोच्चको ‘स्टे’पछि जनता माविको व्यवस्थापन समिति अध्यक्षमा संजय लिम्बु सुब्बाको पुनःबहाली