शंखाबुङ युथ क्लबद्वारा कार्तिक १२ गतेदेखि खुला नकआउट पुरुष फुटबल प्रतियोगिता आयोजना

इलम – माईजोगमाई गाउँपालिका-१ शंखाबुङको आयोजनामा शंखाबुङ युथ क्लबद्वारा कार्तिक १२ गतेदेखि खुला नकआउट पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। यो प्रतियोगिता शुभ दिपावलीको अवसरमा आयोजना गरिएको हो।

प्रतियोगिता प्रत्येक वर्ष आयोजना हुँदै आएको छ, र यस वर्ष पनि शारदा आधारभूत विद्यालयको खेल मैदानमा खेल हुने भएको छ। खेल सेभेन साइडमा हुनेछ, र सहभागी टिमहरूको दर्ता कार्तिक १० गतेसम्म खुला गरिएको छ।

प्रतियोगिताको फाइनल विजेताले नगद ५० हजार रुपैयाँ, आकर्षक ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछ। उपविजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र पाउनेछ। साथै, उत्कृष्ट खेलाडी, डिफेन्स, र गोलकिपरलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ। 

  • Related Posts

    बेंगलुरु लगातार दोस्रो पटक आइपीएलको च्याम्पियन

    गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) लगातार दोस्रो पटक इण्डियन प्रिमियर लिग (आइपीएल)को च्याम्पियन भएको छ। अहमदाबादमा आइतबार राति सम्पन्न फाइनल खेलमा गुजरातलाई ५ विकेटले हराउँदै…

    १६ औँ राष्ट्रपति रनिङ शिल्डमा मैवाखोला प्रथम, फक्ताङलुङ पदक विहीन १६ औँ अन्तर पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजन जिम्मा लिएका सिदिङ्वा चौथो स्थान मा

    राज याक्खा, ताप्लेजुङ, माघ २७ गते । १६ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका स्तरीय प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम भएको छ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखुमा सम्पन्न १६ औँ राष्ट्रपति…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    तपाईंले मिस गर्नुभयो

    नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राई श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारीमा

    नेपाली कांग्रेस पाँचथरका सह–सचिव गजेन्द्र राई श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने तयारीमा